ताजा समाचार

‘विश्व इन्टरनेट सम्मेलन’ एआईमा केन्द्रित हुने

‘विश्व इन्टरनेट सम्मेलन’ एआईमा केन्द्रित हुने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

आगामी नोभेम्बरमा हुने ‘विश्व इन्टरनेट सम्मेलन’ (डब्लुआइसी) आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा केन्द्रित हुने आयोजकहरूले बताएका छन्।

शिखर सम्मेलनले ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ, डिजिटल अर्थतन्त्र, एआई टेक्नोलोजिकल इनोभेसन र गभर्नेन्स जस्ता विषयहरूमा २० भन्दा बढी उप–मञ्चहरू आयोजना गर्नेछ।

डब्लुआइसीले शिखर सम्मेलनका क्रममा एआईमा एक विशेष समिति गठन गर्ने आयोजकहरूले बताए । यस वर्षको कार्यक्रमले डब्लुआइसी विशिष्ट योगदान पुरस्कारसहित नयाँ गतिविधिहरू पनि प्रस्तुत गर्नेछ।

यसले विश्वव्यापी इन्टरनेट क्षेत्र र सम्बन्धित क्षेत्रहरूमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्ति र उद्यमहरूलाई सम्मान गर्नेछ।

शिखर सम्मेलन नोभेम्बर १९ देखि २२ सम्म पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा हुने भएको छ।

Sajilo Visa
easy care