एक्सले बोल्ड फन्ट पोस्टहरूको दृश्यता सीमित गर्ने

  • Technology Khabar | १६ आश्विन २०८१, बुधबार
एक्सले बोल्ड फन्ट पोस्टहरूको दृश्यता सीमित गर्ने

काठमाडौं ।

एक्सका मालिक इलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्मका प्रयोगकर्ताहरूलाई आफ्ना पोस्टहरूमा बोल्ड फन्टहरूको अत्यधिक प्रयोग नगर्न सल्लाह दिएका छन्। उनले यस्ता पोस्टहरू अब मुख्य टाइमलाइनमा प्रमुख रूपमा नदेखाइने बताए।

उनले एक पोस्टमा आफ्नो निराशा व्यक्त गर्दै भने, “कुनै पनि कुरा बोल्डमा हेर्नका लागि तपाईंले पोस्ट विवरणहरूमा क्लिक गर्नुपर्नेछ।”

यो परिवर्तन तुरुन्तै प्रभावकारी हुनेछ। यसको मतलब बोल्डमा ढाँचा गरिएको कुनै पनि पाठ मुख्य फिडमा प्रत्यक्ष दृश्यबाट लुकाइनेछ। प्रयोगकर्ताहरूले अब बोल्ड टेक्स्ट हेर्नका लागि व्यक्तिगत पोस्टहरूमा क्लिक गर्नुपर्नेछ ।

यो अपडेट वेब प्रयोगकर्ताहरूमा लागू हुँदैन। तर हालै आइओएस र एन्ड्रोइड एप प्रयोग गर्नेहरूलाई विस्तार गरिएको छ। यो नयाँ नियम प्रयोगकर्ताहरूलाई उनीहरूको पोस्टहरूमा गुणस्तर कायम राख्नका लागि घोषणा गरिएको छ।

यस नयाँ नियमका साथ एक्सले आफ्ना प्रयोगकर्ताहरूका लागि दृश्य अनुभव वृद्धि गर्ने र प्लेटफर्मको सामग्रीको अखण्डता कायम राख्ने लक्ष्य राखेको छ। रासस/एएनआई

प्रकाशित: १६ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार