Technology Khabar १३ आश्विन २०८१, आईतवार
काठमाडौं ।
शाओमीले गत जुलाईमा मिक्स फ्लिपलाई चीनमा आफ्नो पहिलो फोल्डेबल स्क्रिन फ्लिप फोनको रूपमा अनावरण गरेको यिो। सामसङ ग्यालेक्सी जेड फ्लिप ६ पछि स्न्यापड्रागन ८ जेन ३ चिपसेट फिचर गर्ने यो एक मात्र फ्लिप फोन भएको कम्पनीको दावी छ। तसर्थ, यी दुई फोनहरू विभिन्न बजारहरूमा एकअर्काको प्रतिद्वन्द्वी बन्ने जनाइएको छ।
१. ४.०१ इन्चको कभर डिस्प्ले
शाओमी मिक्स फ्लिपको प्रमुख आकर्षणहरु मध्ये एक यसको ४.०१ इन्च कभर स्क्रिन हो। यस स्क्रिनले १३९२×१२०८ पिक्सेल रिजोल्युसन, ४६०पीपीआई पिक्सेल डेनसिटि, ३,००० निट्स पीक ब्राइटनेस, डीसी डिमिङ र १२०हर्ज रिफ्रेस दरलाई समर्थन गर्दछ।
ग्यालेक्सी जेड फ्लिप ६ को ३.५–इन्चको स्क्रिनले भने ६०हर्ज रिफ्रेस दरलाई समर्थन गर्ने उल्लेख गरिएको छ।
मिक्स फ्लिप खोल्दा यस त्रित्र ६.८६ इन्चको क्रिस्टल रेस एलटीपीओ फोल्डेबल स्क्रिन रहेको जनाइएको छ जसले १–१२०हर्ज रिफ्रेस रेट, २१९१२×१२२४ पिक्सेल रिजोल्युसन र ४६०पीपीआई पिक्सेल डेनसिटि समर्थन गर्ने उल्लेख गरिएको छ।
साथै यस स्क्रिनले अधिकतम ३,००० निट्स सम्मको ब्राइटनेस र २१६०हर्ज पीडब्ल्यूएम डिमिङलाई पनि समर्थन गर्ने थप उल्लेख गरिएको छ। यसबाहेक यो एचडीआर१०, एचडीआर१०+, डल्बी भिजन भिडियो कन्टेन्टको लागि समर्थनको साथ आउने जनाइएको छ।
२. पावरफुल पर्फमेन्स (शक्तिशाली प्रदर्शन)
नवीनतम स्न्यापड्रागन ८ जेन ३ चिप, एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.० स्टोरेज रहेको यो फ्लिप फोन फर्म फ्याक्टरमा फ्ल्यागशिप फोन भएको उल्लेख गरिएको छ।
साथै हिट डिसिपेसनको लागि डिभाइसमा ३५००एमएम२ सतह क्षेत्र भएको थ्रिडी भेपर च्याम्बर कूलिङ युनिट समावेश गरिएको जनाइएको छ।
३. ४,७८० एमएएचको ठूलो ब्याट्री
शाओमी मिक्स फ्लिपमा ४,७८० एमएएच ब्याट्री रहेको छ। यो ब्याट्री अनर म्याजिक भी फ्लिपमा पाइने ४,८०० एमएएच ब्याट्री भन्दा अलि सानो भएको उल्लेख छ।
मिक्स फ्लिपले उल्लेखनीय रूपमा सिलिकन–कार्बन एनोड हाई–इनर्जी डेनसिटि (उच्च–ऊर्जा घनत्व) ब्याट्री प्रयोग गरेको र जसले ६७ डब्ल्यू फास्ट चार्जलाई समर्थन गर्छ।
साथै यो उन्नत ब्याट्री टेक्नोलोजीले मिक्स फ्लिपलाई कम्प्याक्ट फर्म फ्याक्टर कायम राख्दै लामो समयसम्म चल्नको लागि पावर सप्लाई प्रदान गर्न सघाउने उल्लेख गरिएको छ। म्याजिक भी फ्लिपमा रहेको ठूलो ब्याट्रीको साथ पुरानो स्न्यापड्रागन ८+ जेन १ चिप फिचर गरिएको उल्लेख छ।
४. फ्ल्यागशिप–ग्रेड क्यामराहरू
मिक्स फ्लिपको क्यामरा डिपार्टमेन्टमा कुनै स्लच नभएको उल्लेख गरिएको छ। जेड फ्लिप ६ को पछाडि ओआईएस–एसिस्टेड ५०–मेगापिक्सेलका साथै १२–मेगापिक्सेलको डुअल–क्यामरा सेटअप रहेको छ भने फ्रन्टमा १२–मेगापिक्सेलको क्यामरा रहेको छ।
त्यसैगरी मिक्स फ्लिपले प्रयोगकर्ताहरूलाई सेल्फीका लागि ३२–मेगापिक्सेलको क्यामरा प्रदान गर्दछ भने फोनको ब्याक (पछाडि) भागमा ओआईएस–इनेबल्ड ५०–मेगापिक्सेल (ओम्निभिजन लाइट फ्युजन ८०० – ओभी५०ई) र ५०–मेगापिक्सेल (ओभी६०ए टेलिफोटो, २× अप्टिकल जुम) सहितको डुअल–क्यामर सेटअप प्रदान गर्दछ।
यसको अतिरिक्त शाओमीले शाओमी १४ सिरिज जस्तै लेसिया अप्टिमाइजेसनहरू पनि प्रदान गरेको थप उल्लेख गरिएको छ।
५. डिजाइन
अनफोल्ड गर्दा, शाओमी मिक्स फ्लिपको मापन १६७.५ × ७४.०२ × ७.६एमएम र तौल १९२ ग्राम रहेको जनाइर्एको छ। साथै यसको फोल्ड अवस्थामा भने यसले ८५.५४ × ७४.०२ × १५.९९एमएमको आयामहरू प्रदान गर्ने थप उल्लेख गरिएको छ।
शाओमीको यो मिक्स फ्लिप कालो र बैजनी रङ्ग विकल्पहरूमा आउने उल्लेख गरिएको छ। यसबाहेक भिाइसमा एल्युमिनियम फ्रेम फिचर गरिएको र ४५ डिग्री देखि १२० डिग्री मल्टि–एंगल होभरिङ समर्थन गर्ने जनाइएको छ।
थप रूपमा, शाओमी शील्ड ग्लासले बाह्य स्क्रिनलाई सुरक्षित राख्ने उल्लेख गरिएको छ भने यो पातलो र स्टाइलिश डिभाइसले उत्कृष्ट स्थायित्व प्रदान गर्ने जनाइएको छ।
बलियो सामग्री र विचारशील डिजाइन तत्वहरूको यो संयोजनले समग्र प्रयोगकर्ता अनुभवलाई बढाउने जनाइएको छ जसले मिक्स फ्लिपलाई व्यावहारिक र सौन्दर्यको तवरले आकर्षक बनाएको उल्लेख गरिएको छ।
अन्य फिचर्स (सुविधाहरू) र मूल्य
शाओमी मिक्स फ्लिप एन्ड्रोइड १४ र हाइपरओएस संग प्रीलोडेड भएर आउने उल्लेख गरिएको छ। हाल, फोनको सफ्टवेयर अपग्रेड नीतिको बारेमा भने कुनै स्पष्टता नभएको उल्लेख गरिएको छ।
साथै यो एआई इन्टरप्रिटर र सर्कल टु सर्च विथ गुगल जस्ता एआई फिचर्सको साथ आउने जनाइएको छ। सुरक्षाको लागि भनेर यसमा साइड–फेसिङ फिङ्गरप्रिन्ट स्क्यानर ङ्गमावेश गरिएको उल्लेख छ।
यसले डुअल सिम, फाइभजी, वाई –फाई ७, ब्लुटुथ ५.४, एनएफसी र यूएसबी–सी जस्ता कनेक्टिभिटि फिचर्स प्रदान गर्ने उल्लेख गरिएको छ। साथै अडियोफाइलहरूको लागि यसले डल्बी एटमस–संचालित डुअल स्पिकरहरू समावेश गरेको जनाइएको छ।
शाओमी मिक्स फ्लिप १२जीबी+५१२जीबी ट्रिममा मात्र आउने जनाइएको छ भने युरोपमा यसको मूल्य १,२९९ युरो रहेको उल्लेख गरिएको छ। युरोपमा जेड फ्लिप ६ को १२जीबी+२५६जीबी भेरियन्टको मूल्य १,१९९ युरो र १२जीबी+५१२जीबी भेरियन्टको मूल्य १,३१९ युरो रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १३ आश्विन २०८१, आईतवार