Technology Khabar ८ आश्विन २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले आफ्नो आईफोनहरूको सही ब्याट्री क्षमताहरूको विज्ञापन गर्न मन नपराउने भएकोले यसबारे सही जानकारी प्राप्त गर्नको लागि सधैं जस्तो नियामक एजेन्सी सर्टिफिकेसन, टियरडाउन जस्ता अन्य कुराहरूको स्रोतहरूमा भर पर्नु परेको छ।
नयाँ घोषणा गरिएको आईफोन १६ सिरिजको हकमा पनि त्यस्तै भएको र ब्राजिलियन नियामक एनाटेलले ती सहि संख्याहरूको बारे खुलासा गरेको छ।
आईफोन १६ मा ३,५६१ एमएएच ब्याट्री रहेको छ जुन यसको पूर्ववर्ती भन्दा ६.३ प्रतिशत माथि भएको जनाइएको छ। आईफोन १६ प्लसमा ४,६७४ एमएएच ब्याट्री रहेको र यो आफ्नो पूर्ववर्ती भन्दा ६.६ प्रतिशत माथि भएको जनाइएको छ।
त्यसैगरी आईफोन १६ प्रोमा ३,५८२ एमएएच ब्याट्री समावेश गरिएको जनाइएको छ जुन आईफोन १५ प्रोको तुलनामा ९.४ प्रतिशत माथि हो। आईफोन १६ प्रो म्याक्समा भने ४,६८५ एमएएचको सेल समावेश गरिएको छ जुन आईफोन १५ प्रो म्याक्सको तुलनामा ५.५ प्रतिशत माथि भएको उल्लेख गरिएको छ।
गत वर्षका मोडेलहरूको तुलनामा वृद्धिको सन्दर्भमा आईफोन १६ प्रो मात्र एउटा स्पष्ट विजेता भएको उल्लेख गरिएको छ। यसो भन्दै गर्दा अन्य डिभाइसहरूमा भने धेरै राम्रो ब्याट्री लाइफ नभएको होइन।
ए१८ र ए१८ प्रो चिप्सको प्रयोग र आन्तरिक डिजाइनमा थर्मल सुधारहरूको कारणले गर्दा आईफोन १६ प्रो र प्रो म्याक्स दुवैको पूर्ववर्तीहरूको तुलनामा उल्लेखनीय रूपमा राम्रो ब्याट्री लाइफ भएको उल्लेख गरिएको छ।
यसबाहेक सबै आईफोन १६ मोडेलहरूले फास्टर २५ डब्ल्यू म्यागसेफ चार्जिङलाई समर्थन गर्नेछ। यसको फाइदा लिनको लागि भने एप्पलको नयाँ म्यागसेफ चार्जरहरू मध्ये एउटा किन्नु पर्नेछ र यसलाई ३० वाट पावर एडाप्टरमा जडान गर्नु पर्ने आवश्यकताको थप उल्लेख गरिएको छ। साथै नयाँ डिभाइसहरूले यूएसबी–सीमार्फत ४५ वाटसम्म चार्ज गर्न सक्ने जनाइएको छ।
गत शुक्रबारदेखि आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स विश्वभर उपलब्ध भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ आश्विन २०८१, मंगलवार