सेक्युरिटी अडिटका लागि परामर्शदाताको रोस्टर तयार पार्दै काठमाडौं महानगर, आवेदन माग

  • Technology Khabar | २५ भाद्र २०८१, मंगलवार
सेक्युरिटी अडिटका लागि परामर्शदाताको रोस्टर तयार पार्दै काठमाडौं महानगर, आवेदन माग
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो सूचना प्रविधिको सेक्युरिटी अडिटका लागि परामर्शदाताको संक्षिप्त सूची अर्थात् रोस्टर तयार गर्न थालेको छ।

आज एक सूचना प्रकाशित गर्दै महानगरले काठमाडौं महानगरपालिकामा “Consulting Service for Security Audit & VAPT of Kathmandu Metropolitan City’s IT System” विषयको गुणस्तर तथा लागत विधिद्वारा गरिने परामर्श खरिद कार्यका लागि परामर्शदाताहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको हो।

काठमाडौं महानगरपालिकाको मौजुदा सूचीमा सूचीकृत हुने इच्छुक परामर्श दाताहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको बोलपत्र खरिद प्रणाली (e-gp system) को संगठनको बोलपत्र आईडी (Organization Bolpatra Id) तथा कार्यालयद्वारा जारी गरेको मौजुदा सूचीमा सूचिकृत प्रमाणपत्र सहित आवेदन दिन आग्रह गरिएको छ।

प्रविधि विभागले जारी गरेको उक्त सूचनामा सार्वजनिक खरिद नियमावलीअनुसार सूचना प्रकाशित भएको मितिले एक हप्ता (२०८१ भदौ ३१ गते) भित्र आवेदन दिन सकिने जनाइएको छ।

उक्त आवेदन त्यसै समय अवधि भित्र काठमाडौं महानगरपालिका सूचना प्रविधि विभागको आधिकारिक ई-मेल [email protected] मा परामर्श दाताको नाम, आधिकारिक व्यक्ति, आधिकारिक इमेल, फोन नं. सहित माथि भनिएका कागजात तथा ब्यहोरा खुलाएर पेश गर्न विभागले अनुरोध गरेको छ।

प्रकाशित: २५ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २५ भाद्र २०८१, मंगलवार