सीटीईभीटीले तोक्यो ‘प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम’को परीक्षा केन्द्र, कसरी थाहा पाउने?

  • Technology Khabar | २५ भाद्र २०८१, मंगलवार
सीटीईभीटीले तोक्यो ‘प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम’को परीक्षा केन्द्र, कसरी थाहा पाउने?

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीले ‘प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम’को परीक्षा केन्द्र तोके‍को छ।

परिषदको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एक सूचना जारी गरी डिप्लोमा / प्रमाणपत्र एवं प्रि-डिप्लोमा तहको प्रवेश परीक्षाको परीक्षा केन्द्र तोकिएको जनाएको हो।

केन्द्रले यसअघि गत साउन ३० गते गोरखापत्र राष्ट्रिय दैनिक तथा www.ctevtexam.org.np मा सूचना प्रकाशित गरेर डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहको प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम र प्राविधिक शिक्षाको संस्थागत पहुँच नपुगेका ७ वटा पालिकामा स्थायी बसोवास गर्ने छात्रछात्राहरूका लागि विभिन्न कार्यक्रमहरूमा रीतपूर्वकको प्रवेश परीक्षाको आवेदन फाराम भर्न आह्वान गरेको थियो।

सोही सूचनाका आधारमा फाराम भरेका परीक्षार्थीहरूको प्रवेश परीक्षा आगामी भदौ २९ गते शनिबार तोकिएको र सोही परीक्षाका लागि सपरिषद्का सम्बन्धित प्रदेश कार्यालयहरूको सिफारिस अनुसार परीक्षा केन्द्र कायम गरिएको उल्लेख गरेको छ।

ती परीक्षा केन्द्रहरु कहाँ कहाँ छन् भनेर www.ctevtexam.org.np मा हेर्न सकिने कार्यालयले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २५ भाद्र २०८१, मंगलवार