
काठमाडौं ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बिहीबार टेलिग्राम म्यासेजिङ एपका सीईओ पाभेल डुरोभलाई विशेष द्रुत नागरिकता दिने आफ्नो निर्णयको बचाउ गरेका छन्।
डुरोभलाई हालै फ्रान्समा उनको लोकप्रिय प्लेटफर्म टेलिग्रामका कथित आपराधिक गतिविधिका आरोपमा प्रारम्भिक अभियोग लागेको छ।
म्याक्रोंले डुरोभ फ्रान्स आउँदैछन् भन्ने आफूलाई थाहा नभएको र दुरोभलाई पक्राउ गर्नुअघि उनलाई भेट्ने कुनै योजना पनि नबनाइएको पनि थपे।
स्वतन्त्र अभिव्यक्ति समर्थक, अतिवादी दक्षिणपन्थी नेता र संसारभरिका अधिनायकवादी सरकारहरूले डुरोभको बचाउमा बोलेका छन् र यस मुद्दामा फ्रान्सेली अधिकारीहरूलाई आलोचना गरेका छन्।
डुरोभलाई ५० लाख युरो धरौटीमा रिहा गरिएको छ तर उनलाई फ्रान्स छोड्न निषेध गरिएको छ र थप अनुसन्धानको क्रममा हप्तामा दुईपटक प्रहरी कार्यालयमा रिपोर्ट गर्न आदेश दिइएको छ।
फ्रान्सेली अभियोजनकर्ताहरूले डुरोभलाई टेलिग्राममा लागूऔषध तस्करी र बालबालिकाका यौनिक तस्वीरहरू सेयर गर्न अनुमति दिने र एपमा गैरकानूनी गतिविधिहरूको अनुसन्धान गर्ने अधिकारीहरूसँग सहकार्य गर्न अस्वीकार गरेको आरोप लगाएका छन्।
डुरोभका वकिल डेभिड-ओलिभियर कमिन्स्कीले फ्रान्सेली मिडियासँग भने, ‘कुनै पनि सामाजिक सञ्जालका जिम्मेवार व्यक्तिलाई उनीसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धित नभएका आपराधिक कार्यहरूमा संलग्न हुने सोचेको पूर्णतः अबुझ कुरा हो।’
यो मुद्दाले अनलाइन अवैध गतिविधिको निगरानीको चुनौतीहरू र रूसमा जन्मेका डुरोभको असामान्य जीवनी र धेरै देशका पासपोर्टका विषयमा पनि ध्यान केन्द्रित गरेको छ।
सर्बिया भ्रमणका क्रममा एक पत्रकार सम्मेलनमा म्याक्रोंले भने, ‘फ्रान्सले अभिव्यक्ति स्वतन्त्रता र उद्यमीहरूको स्वतन्त्रताको समर्थन गर्छ। फ्रान्सको आम्दानीमा योगदान गर्ने र फ्रान्सेली भाषा सिक्ने हाई-प्रोफाइल खेलकुदका स्टार, कलाकार र अरू व्यक्तिहरूजस्तै डुरोभको फ्रान्सेली नागरिकता निवेदनलाई स्वीकृत गर्नु हाम्रो देशका लागि राम्रो हो।’
उनले स्न्यापच्याटका सीईओ इवान स्पिगललाई पनि उल्लेख गरे, जसले दुरोभजस्तै सामान्य कठिन र अफिसियल प्रक्रियाबाट नभई “योग्य विदेशीहरू” का लागि विशेष प्रक्रियाद्वारा फ्रान्सेली नागरिकता प्राप्त गरेका थिए।
फ्रान्सेली व्यंग्यात्मक र अनुसन्धानात्मक पत्रिका ले कनार एन्चेनले खबर गर्यो कि डुरोभले शनिबार पक्राउपछि प्रहरीले म्याक्रोंसँग भेट्ने योजना बनाएको बताएका थिए।
तर म्याक्रोंले त्यसलाई अस्वीकार गरे। “मलाई डुरोभको फ्रान्स आगमनको बारेमा बिल्कुल जानकारी थिएन’, म्याक्रोंले भने, ‘मैले उनलाई कुनै किसिमको निमन्त्रणा दिएको कुरा गलत हो।’ उनको गिरफ्तारी ‘फ्रान्सेली न्यायको स्वतन्त्र कार्य’ भएको म्याक्रोंले थपे।
प्रकाशित: १५ भाद्र २०८१, शनिबार