Technology Khabar ८ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । शाओमीले मंगलबार स्पेनबाट आफ्नो दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एमआई ए सिरिजमा ए टू र ए टू लाइट सार्वजनिक गरेको हो ।
गूगलको एन्ड्रोयड वनमा आधारित यी फोनहरुमा एन्ड्रोयड ८.१ ओरियो अपरेटिंग सिस्टम राखिएको छ ।
शाओमी एमआई ए २ (Xiaomi Mi A2)
शाओमी एमआई ए २ स्मार्टफोन यसअघि सार्वजनिक भएको एमआई ए वानको अपग्रेडेड भर्सन हो । एमआई ए टूमा ५.९९ इन्चको फूलएचडी प्लस १८ः९ अस्पेक्ट रेसियो डिस्प्ले रहेको छ । डिस्प्लेलाई गोरिल्ला ग्लास ५ द्धारा सुरक्षित बनाईएको छ । यो फोन क्वालकम स्न्यापड्रागन ६६० अक्टा कोर प्रोसेसरमा आधारित रहेको छ ।
फोटोका लागि फोनमा ड्यूल रियर क्यामरा छ, जसमा २० मेगापिक्सेलको प्राइमरी सेन्सर तथा १२ मेगापिक्सेलको सेकेण्डरी सेन्सर राखिएको छ । सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फ्रन्ट क्यामरा एआई सिन डिटेक्शनका साथमा आउँछ ।
फोनमा ३,०१० एमएएचको ब्याट्री प्याक छ भने क्विक र्चा ३.० सपोर्ट छ । फोनमा फेस अनलक फीचर समेत राखिएको छ ।
शाओमी एमआई ए २ लाइट( Xiaomi Mi A2 Lite)
शाओमी एमआई ए २ लाइटमा भने ५.८४ इन्चको फूलएचडी प्लस डिस्प्ले नोचका साथमा आउँछ। यसमा क्वालकम स्न्यापड्रागन ६२५ चीपसेट राखिएको छ । फोटोका लागि लाइट भर्सनमा १२ प्लस ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामरा छ । पावरका लागि यो फोनमा ४,००० एमएएचको ब्याट्री राखिएको छ ।
कति छ मूल्य ?
दुबै फोनहरु तीन भेरिएन्टमा सार्वजनिक भएको छ । एमआई ए २ स्मार्टफोन ४ जीबी र्याम ३२ जीबी स्टोरेजको मूल्य २५० यूरो तोकिएको छ भने ४ जीबी र्याम ६४ जीबी स्टोरेजको मूल्य २८० यूरो छ । त्यस्तै ६ जीबी र्याम १२८ जीबी स्टोरेजको मूल्य ३५० यूरो तोकिएको छ ।
शाओमी एमआई ए २ लाइट भर्सनमा ३ जीबी र्याम ३२ जीबी स्टोरेजको मूल्य १८० यूरो छ भने ४ जीबी ६४ जीबी स्टोरेजको मूल्य २३० यूरो तोकिएको छ ।
यी फोनहरु नेपाली बजारमा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । शाओमीले विश्वका ४० मुलुकहरुमा यो फोन सार्वजनिक गर्दैछ, जसमध्ये एशियामा नेपाल सहित १५ मुलुकमा उपलब्ध हुनेछ । तर कुन मितिमा नेपाली बजारमा उपलब्ध हुन्छ भन्ने जानकारी छैन् । नेपालमा शाओमी फोन वत्सल र टेलीटकले आयात तथा बिक्री गर्दै आएका छन् ।
प्रकाशित: ८ श्रावण २०७५, मंगलवार