लीक भएको आईफोन १६ को लन्च पोस्टर ठट्टामात्र भएको खुलासा

  • Technology Khabar | ६ भाद्र २०८१, बिहीबार
लीक भएको आईफोन १६ को लन्च पोस्टर ठट्टामात्र भएको खुलासा

काठमाडौं ।

टिपस्टर माजिन बुले अगस्ट २० तारिखमा ‘रेडी। सेट। क्याप्चर’ ट्यागलाइनसहितको एक्समा एक लीक गरिएको आईफोन १६ लन्च पोस्टर साझा गरेका थिए। यद्यपि, उक्त पोष्टर एप्पलको आधिकारिक नभएको र आगामी सिरिजको लागि सेप्टेम्बर १० मा सार्वजनिक हुने पुष्टि पनि नगर्ने जनाइएको छ।

एप्पलको लोगो फिचर गर्दै ‘क्याप्चर’ (क्याप्चर बटनलाई संकेत गरेको सोचिएको) शब्दमा जोड दिँदै, उक्त पोस्टर विश्वसनीय देखिएको भए तापनि यो वास्तवमा अर्को प्रयोगकर्ताले प्लेटफर्ममा अल्छीपना कम गर्नको लागि सिर्जना र सेयर गरेको उल्लेख गरिएको छ।

एक्स प्रयोगकर्ता @lorevfx ले यो कुरा स्वीकार गरेको र प्लेटफर्ममा पनि उनले नै पोस्ट गरेको जनाइएको छ। साथै उनले १० मिनेटभन्दा कम समयमा फिग्मा र एआई जेनेरेटेड टेक्सचर प्रयोग गरेर उक्त विश्वसनीय पोस्टर कसरी सिर्जना गरियो भनेर उनले एक भिडियो पनि साझा गरेको उल्लेख छ।

यसबाहेक उनले टिपस्टर माजिन बुलाई पोस्टर वास्तविक थियो भनेर विश्वस्त तुल्याउन गरेको सम्पूर्ण च्याट पनि साझा गरेको थप उल्लेख गरिएको छ।

यद्यपि एप्पलले भने सेप्टेम्बर १० मा लन्च कार्यक्रम होस्ट गर्ने वा नगर्ने भन्ने बारेमा अझै पुष्टि भइनसकेको र सबै आईफोन १६ मोडेलहरूमा क्याप्चर बटन उपलब्ध हुनेछ वा छैन भन्ने बारेमा पनि अझै अपुष्ट रहेको जनाइएको छ।

अघिल्लो अफवाहहरूका अनुसार, क्याप्चर बटनले मल्टिपल जेस्चर (धेरै इशाराहरू) लाई समर्थन गर्ने अपेक्षा गरिएको जनाइएको छ।

प्रयोगकर्ताहरूले बटन सर्फेस (सतह) मा बायाँ र दायाँ स्वाइप गरेर जुम इन र आउट गर्न सक्षम हुने उल्लेख गरिएको छ। यसका अतिरिक्त यसले टु–स्टेज (दुई–चरण) को शटर बटनको रूपमा काम गर्ने जनाइएको छ जस अनुसार लाइट प्रेसले फोकस सेट गर्नेछ भने हार्ड प्रेसले पिक्चर क्लिक गर्ने उल्लेख गरिएको छ।

साथै डेडिकेटेड (समर्पित) क्यामराहरू जस्तै मेकानिकल कन्ट्रोल (नियन्त्रण) ले समग्र फोटो खिच्ने अनुभवमा योगदान दिने थप उल्लेख गरिएको छ।

यसबाहेक कम्पनीले आईओएस १८ को लागि नयाँ एआई फिचर्सहरूमा पनि काम गरिरहेको उल्लेख छ। यद्यपि, कम्पनीलाई केही प्रमुख एआई फिचरहरू नयाँ डिभाइसहरूमा पालिश गरेर रोलआउट गर्न महिनौं लाग्न सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार