Technology Khabar ७ श्रावण २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । अब छिटै नै एउटा वेबसाइटबाट अर्को वेबसाइटमा डाटा पठाउन सकिने छ । यसको लागि कुनै फाइल डाउनलोड गर्ने वा अर्को साइटमा गएर अपलोड गर्न पर्दैन् । गूगल, फेसबुक, माइक्रोसफ्ट, तथा ट्वीटर मिलेर एक परियोजनामा काम गरिरहेका छन जसले यूजर्सलाई सिधै विभिन्न फाइलहरु एक साइटबाट अर्को साइटमा पठाउन सकिनेछ ।
यूजर्सले कन्ट्याक्ट, फोटो, मेल, टास्क्स तथा क्यालेण्डर जस्ता फाइलहरु एक आपसमा आदन प्रदान गर्न सक्नेछन् ।
यो परियोजना हाल अनुसन्धानको तहमा रहेपनि छिटै वेवसाइट यूजर्सका लागि उपलब्ध हुनेछ, त्यसपछि तपाईँले सिधै कुनै एक कम्पनीको वेबसाइटबाट अर्को कम्पनीको वेबसाइटमा डाटा पठाउन सक्नुहुनेछ । अहिले यस्तो गर्नको लागि एउटा साइटबाट डाउनलोड गरेर अर्कोमा फेरी अपलोड गर्न पर्ने हुन्छ।
यो प्रोजेक्टको नाम डाटा ट्रान्सफर प्रोजेक्ट हो र यो एउटा ओपन सोर्स हो । यसको अर्थ यो कोड सार्वजनिकरुपमा हेर्न सकिन्छ र यो गिटहबमा पाउन सकिन्छ । ट्रान्सफरको समयमा तपाईँको डाटा इनक्रिप्टिड हुनेछ, जसले तपाईँको डाटा सुरक्षित हुनेछ ।
प्रकाशित: ७ श्रावण २०७५, सोमबार