एप्पलले ‘टेबल टप रोबोट’ डिभाइसमा काम गरिरहेको अफवाह

  • Technology Khabar | २ भाद्र २०८१, आईतवार
एप्पलले ‘टेबल टप रोबोट’ डिभाइसमा काम गरिरहेको अफवाह

काठमाडौं ।

एप्पलले स्मार्ट होम डिभाइसको ठूलो हिस्सा खोजिरहेको र यसै क्रममा ब्रान्डको तर्फबाट सन् २०२६ को शुरुवातमा एउटा टेबल टप रोबोट डिभाइस देख्न सकिने सम्भावना रहेको ब्लूमबर्गका मार्क गर्मनले सुझाव दिएका छन्।

उक्त डिभाइसमा आईप्याड–स्टाइल (शैली) को डिस्प्ले फिचर गरिने जनाइएको छ जसलाई रोबोटिक आर्म (हात) मा जोडिने छ र ३६० डिग्री घुम्न सक्ने उल्लेख गरिएको छ।

एप्पलको टेबल टप डिभाइसले स्मार्ट होम डिभाइसहरू नियन्त्रण गर्न सक्षम हुने जनाइएको छ भने यसलाई होम सेक्युरिटी (घर सुरक्षा) मोनिटरको सेवाको लागि प्रयोग गर्दै भिडियो कन्फरेन्समा भाग लिनको लागि पनि प्रयोग गर्न सकिने थप उल्लेख गरिएको छ।

त्यसैगरी यसले आईप्याडओएसको अनुकूलित संस्करण चलाउँदा सिरी र एप्पल इन्टेलिजेन्ससँग एकीकरणको सुविधा दिने थप उल्लेख गरिएको छ।

नयाँ रिपोर्टका अनुसार, यस परियोजना केभिन लिन्चद्वारा हेडलाइन गरिएको र कोडनाम ‘प्रोजेक्ट टाइटन’ रहेको अहिले बन्द गरिएको एप्पल कार परियोजनाको कार्यकारी पनि उनी नै रहेको जनाइएको छ।

एप्पलको टेबल टप रोबोट डिभाइस सन् २०२६ वा सन् २०२७ मा लगभग १ हजार अमेरिकी डलरको प्रारम्भिक मूल्यमा लन्च हुने अफवाह रहेको उल्लेख छ।

यद्यपि, यो हाल केवल एउटा अफवाह भएको हुनाले यी सबै जानकारीहरूलाई हल्का रुपमा लिन सल्लाह पनि दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २ भाद्र २०८१, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २ भाद्र २०८१, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २ भाद्र २०८१, आईतवार