‘चीनसँग सम्बन्ध भएको’ भन्ने अमेरिकी न्याय विभागको आरोप टिकटकद्वारा अस्विकार

  • Technology Khabar | २ भाद्र २०८१, आईतवार
‘चीनसँग सम्बन्ध भएको’ भन्ने अमेरिकी न्याय विभागको आरोप टिकटकद्वारा अस्विकार

काठमाडौं ।

अमेरिकी न्याय विभागले ‘चीनसँग सम्बन्ध भएको’ भनेर लगाएको आरोपको टिकटकले खण्डन गरेको छ। कम्पनीले बिहीबार संघीय पुनरावेदन अदालतमा न्याय विभागले आफूमाथि लगाएको उक्त आरोपको खण्डन गरेको हो।

चिनियाँ कम्पनी बाइटडान्सले टिकटक अमेरिकीहरुलाई बेच्नुपर्ने नत्र प्रतिबन्ध लगाइने भन्ने कानुन उल्ट्याउन पनि उसले आग्रह गरेको छ।

त्यस प्रकारको विवादास्पद कानुन खारेज गर्ने मागसहित पुनरावेदन गरेको टिकटकले न्याय विभागले यो विषयमा तथ्यसम्बन्धी गल्ती गरेको आरोप पनि लगाएको छ। विभागका वकिलहरुले गत महिना उक्त एपका कारण राष्ट्रिय सुरक्षा खतरा बढेको बताउँदै चीनले अमेरिकी जनताको डाटा संकलन गर्ने र त्यसका आधारमा उनीहरुले हेर्ने कन्टेन्ट नियन्त्रण गर्ने गरेको आरोप  पनि लगाए।

रोयटर्सका अनुसार टिकटकले गत बिहीबार एपको कन्टेन्ट सुझाउने इन्जिन तथा प्रयोगकर्ताका डाटा ओर्याकल कम्पनीले सञ्चालन गरेको अमेरिकामै रहेको क्लाउड सर्भरमा रहेको तथ्य अकाट्य रहेको प्रस्ट्याउँदै अमेरिकी प्रयोगकर्तालाई प्रभाव पार्नेगरी हुने कन्टेन्ट मोडरेशन अमेरिकाबाटै भइरहेको पनि बतायो।

राष्ट्रपति जो बाइडेनले गत अप्रिल २४ मा हस्ताक्षर गरेको उक्त कानुनले चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक अमेरिकी कम्पनीलाई बेच्न जनवरी १९ सम्मको समय दिएको छ। त्यतिन्जेलमा बेच्न नसके वा नचाहेमा उसमाथि प्रतिबन्ध लगाइनेछ।

पुनरावेदन अदालतले आगामी सेप्टेम्बर १६ मा सुनुवाई गरेर राष्ट्रपतीय निर्वाचनपछि अन्तिम फैसला सुनाउने एपीन्युजले जनाएको छ।

राष्ट्रपतीय उम्मेदवार ट्रम्पले गत जुनमा टिकटक खोलेर आफूले टिकटकमाथिको प्रतिबन्धलाई कहिल्यै समर्थन नगर्ने बताएका छन्।  अर्की उम्मेदवार कमला ह्यारिसले भने जुलाईमा टिकटक खोलेर यसलाई चुनावी प्रचारप्रसारको रणनीतिका रुपमा प्रयोग गरिने बताएकी थिइन्।

प्रकाशित: २ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २ भाद्र २०८१, आईतवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २ भाद्र २०८१, आईतवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २ भाद्र २०८१, आईतवार