मिस्टर बिस्टको रियालिटी गेम कम्पिटिशनमा सहभागीमाथि दुर्व्यवहार, क्राउडस्ट्राइक आउटेजलाई दोष

  • Technology Khabar | २३ श्रावण २०८१, बुधबार
मिस्टर बिस्टको रियालिटी गेम कम्पिटिशनमा सहभागीमाथि दुर्व्यवहार, क्राउडस्ट्राइक आउटेजलाई दोष

काठमाडौं ।

अघिल्लो महिना विश्वभरका ८५ लाख विण्डोज डिभाइसमा समस्या आउनेगरी भएको क्राउडस्ट्राइक आउटेजले चर्चित युट्युबर मिस्टर बिस्टले चलाएको रियालिटी गेम शोको प्रतिस्पर्धामा पनि नराम्ररी प्रभाव परेको बुझिएको छ।

मिस्टर बिस्टका नामले चिनिने जिम्मी डोनाल्डसन एक चर्चित युट्युबर हुन् भने उनले केही समययता रियालिटी गेम सम्बन्धित प्रतिस्पर्धा सञ्चालन गर्दै आएका यिए।

द न्यूयोर्क टाइम्समा उल्लेख भए अनुसार यो जुलाई महिनामा उक्त गेम कम्पिटिशनका लागि एलेजियन्ट स्टेडियममा २ हजार प्रतिस्पर्धी उपस्थित भएकोमा उनीहरुमध्ये धेरैले भोकै बस्नु परेको थियो भने अन्यले आफैंले आयोजकलाई उपलब्ध गराएका सफा भित्री वस्त्र र छुटाउन नहुने औषधी समयमा पाउन सकेका थिएनन्।

यो प्रतिस्पर्धामा सफल हुने १ हजार जना बिस्ट गेम्स अमेजन शोमा फर्किन पाउनेछन् भने उनले यो कार्यक्रम मुख्यगरी आफ्नो युट्युब च्यानलका लागि आयोजना गरेका थिए।

द टाइम्समा प्रकाशित एक समाचारमा हजारौं सहभागीले आयोजकहरुले गरेको दुर्व्यवहारको वृत्तान्त उल्लेख छ। अन्तराष्ट्रिय समाचार संस्था द भर्जका अनुसार द टाइम्समा प्रकाशित एउटा कथाको टुक्रा यसप्रकार थियो: एक प्रतिस्पर्धी/सहभागीलाई पहिले नै खाना माग्दा दिइएको थिएन ।उनलाई औषधी खानको लागि उक्त खाना खानु जरुरी थियो तर आयोजक सदस्यहरुदे उनले ‘किन खान पर्यो र’ भन्ने जवाफ दिए। पछि धेरैपटक विन्ति गरेपछि उनलाई आधा केरा उपलब्ध गराइएको थियो।

मिस्टर बिस्टले अझैसम्म यसबारे माफी मागेका छैनन्। समाचारका अनुसार द टाइम्समा पनि उनको कुनै भनाई उद्धृत गरिएको छैन। बरु द न्यूयोर्क टाइम्सलाई मिस्टर बिस्टका प्रवक्ताले एसएमएस मेसेज लेख्दै यसप्रकारको समस्या आयोजकका तर्फबाट नभई क्राउडस्ट्राइक लगायत अन्य बाहिरी घटकहरुमाथि दोष थोपरेका छन्।

प्रकाशित: २३ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार