आईफोन १७ सिरिजमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा आउने सम्भावना प्रबल

  • Technology Khabar | २१ श्रावण २०८१, सोमबार
आईफोन १७ सिरिजमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा आउने सम्भावना प्रबल

काठमाडौं ।

एप्पलको आगामी आईफोन १६ सिरिज लन्च नहुँदै आईफोन १७ लाइनअपको बारेमा धेरै अफवाहहरू बाहिरिएका छन्। आईफोन १७ को सबै मोडलहरूमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा समावेश गरिने अफवाहलाई विश्लेषक जेफ पुले अहिले पुष्टि गरेका छन्।

पुले हाइटोङको इन्भेष्टमेन्ट बैंकको एउटा रिसर्च नोटको चार्टमा सबै आईफोन १७ मोडलमा ६पी लेन्ससहितको २४ मेगापिक्सेल फ्रन्ट–फेसिङ क्यामरा हुने संकेतलाई साझा गरेको उल्लेख छ।

साथै गत जनवरीमा प्रख्यात विश्लेषक मिङ–ची कुओले आईफोन १७ सिरिजमा २४ मेगापिक्सेलको सेल्फी क्यामरा हुने दावी गरेका थिए।

आईफोन १७ लाईनअप सार्वजनिक हुन १ वर्षभन्दा बढी समय बाँकी रहेकोले योजनाहरू परिवर्तन हुनसक्ने सम्भावना पनि त्यति नै प्रबल रहन्छन्।

तर धेरै स्रोतहरूले भने सिरिजका सबै मोडेलहरूमा २४ मेगापिक्सेलको सेल्फी क्यामराहरू समावेश गरिने सम्भावनाको दावी गरेका जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार