Apple

सन् २०२६ मा एप्पलको दुई फोल्डेबल डिभाइसहरू आउने नयाँ रिपोर्टको दाबी

सन् २०२६ मा एप्पलको दुई फोल्डेबल डिभाइसहरू आउने नयाँ रिपोर्टको दाबी
Global IME Bank

हाल एप्पलको आगामी फोल्डेबल डिभाइसहरूको बारेमा धेरै अफवाहहरू सुन्नमा आएका छन्। साथै कम्पनीले फ्लिप–शैलीको फोल्डेबल आईफोन र १८.८ इन्चको स्क्रिन भएको आईप्याड/म्याकबुक हाइब्रिडमा काम गरिरहेको थाहा हुन आएको छ।

विश्लेषक जेफ पुको पछिल्लो रिपोर्टले एप्पलको पहिलो फोल्डेबल डिभाइसको रुपमा आईप्याड-म्याकबुक हाइब्रिड सन् २०२६ को दोस्रो त्रैमासिकमा आउने संकेत गरेको छ।

साथै फोल्डेबल आईफोन पनि सन् २०२६ को अन्त्यमा आउने थप उल्लेख गरिएको छ। त्यैगरी यसलाई आईफोन १७ सिरिज सँगै घोषणा गरिने सम्भावन पनि रहेको उल्लेख छ। यद्यपि, वास्तविक बजार रिलीज भने सन् २०२६ को अन्त्यतिर गरिने उल्लेख गरिएको छ।

यसबाहेक रिपोर्टले सटिक समयसीमाबाहेक थप विवरणहरू बारे केही पनि उल्लेख नगरेको जनाइएको छ। यद्यपि, समयबारे जेफ पु भने धेरै नै आशावादी देखिएको उल्लेख गरिएको छ।

एप्पलले विशेषगरी हालै फोल्डेबल आईफोनको प्यानलको लागि आपूर्ति सम्झौता सुरक्षित गरेको र अझै आफ्नो तालिकामा रहेको जेफ पुले बताएका छन्।

यद्यपि सन् २०२६ सम्ममा धेरै परिवर्तन हुन सक्ने भएकाले एप्पलको दुई फोल्डेबल डिभाइसहरूको लागि पर्खनु बाहेक अरु कुनै विकल्प नभएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

Sajilo Visa
easy care