अटो टेक

निसान र होण्डाले संयुक्तरुपमा सफ्टवेयरको अनुसन्धान गर्ने, मित्सुबिसीसँग छलफल हुँदै

निसान र होण्डाले संयुक्तरुपमा सफ्टवेयरको अनुसन्धान गर्ने, मित्सुबिसीसँग छलफल हुँदै
Global IME Bank

जापानी अटोमोबाइल जायन्ट कम्पनीहरु निसान मोटर तथा होण्डा मोटरले नेक्स्ट जेनेरेशन सफ्टवेयर प्लेटफर्मका लागि नयाँ प्रविधिको संयुक्त अनुसन्धानका लागि सहकार्य गर्ने भएका छन्।

यी दुवै कम्पनीले हालै एक संयुक्त विज्ञप्ति निकालेर यसबारे पुष्टि गरेका हुन्। यी दुवै कम्पनीले गत मार्चमा घोषणा गरेको ब्याट्री, ई-एक्सल तथा सवारी परिपूरण (एक अर्कालाई आवश्यकता पर्दा आपूर्ति गर्ने) रणनैतिक साझेदारीलाई अझ प्रगाढ बनाउन सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेको रोयटर्सले जनाएको छ।

यी दुई सवारी निर्माताले यसै क्रममा मित्सुबिसी मोटर्ससँग होण्डा र निसानको सम्झौतामा आधारित भेइकल इलेक्ट्रिफिकेशन सवारी विद्युतीकरण गर्नेसम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गरेको छुट्टाछुट्टै वक्तव्यमार्फत् जानकारी दिएका छन्। मित्सुबिसीमा निसानको ३४ प्रतिशत सेयर रहेको छ।

संयुक्त विज्ञप्ति अनुसार निसान तथा होण्डाले आगामी १ वर्षभित्र नेक्स्ट जेनेरेशन सफ्टवेयर प्लेटफर्मका लागि आवश्यक प्रविधिको आधारभूत अनुसन्धान गर्नेछन्।

मुख्य बजार चीनमा ठूलो लगानी गरे पनि विद्युतीय गाडीको बजार गुमाउँदै गएका कारण टोयोटापछि दोस्रो र तेस्रो नम्बरका जापानी गाडी निर्माताहरुले विद्युतीय गाडी निर्माणको क्षेत्रमा अझै प्रगति गर्नुपर्ने आवश्यकताका बीच यो सम्झौता भएको बताइएको छ।

सन् २०२३ मा संयुक्त रुपमा विश्व बजारमा ७४ लाख थान गाडी बिक्री गरेका यी दुई कम्पनीले टेस्ला तथा बीवाईडीजस्ता इभीका क्षेत्रमा द्रुत विकास गरिरहेका वैश्विक कम्पनीहरुसँगको प्रतिस्पर्धा बढ्दो क्रममा रहेकोले पनि हातेमालो जरुरी रहेको आकलन गरिएको छ।

Sajilo Visa
easy care