
काठमाडौं ।
टेस्लाले अमेरिकाभरिबाट १८ लाख गाडीहरु फिर्ता बोलाएको छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै इन्ग्याजेटले जनाए अनुसार कम्पनीले हालसम्मकै उल्लेख्य सङ्ख्यामा गाडीहरु फिर्ता बोलाएको हो ।
नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन एनएचटीएसएले ती गाडीका सफ्टवेयरले कारका छत छुट्टिएको बारे सूचना दिन नसकेपछि सुरक्षाका कारणले उक्त सङ्ख्याका गाडीहरु फिर्ता बोलाउन लगाएको हो ।
उपयुक्त तरिकाले सुरक्षित नभएका छतहरु गाडी चलाउने क्रममा छुट्टिएर चालकको दृश्य छेक्न सक्ने खतरा बढेको समाचारमा उल्लेख छ । टेस्लाले उक्त समस्या समाधानका लागि हालै ओभर द एयर सफ्टवेयर अपडेट जारी गरेको छ।
फिर्ता बोलाइएका गाडीहरुमा सन् २०२१ देखि २०१२४ सम्म बनेका मोडल ३ र मोडल एस रहेका छन्। यस्तै सन् २०२० देखि २०२४ सम्म बनेका मोडल वाईमा पनि यो समस्या देखिएको इन्ग्याजेटले जनाएको छ।
यो वर्ष टेस्लाले थुप्रैपटक आफ्ना विभिन्न मोडलका गाडीहरु विविध कारणले फिर्ता बोलाएको छ । गत जनवरी महिनामा कम्पनीले ब्याकअप क्यामरामा समस्या भएका २ लाख कारहरु तथा फेब्रुअरीमा सानो वार्निङ लाइटमा समस्या आएका कारण २० लाख हाराहारी गाडी तानिएका थिए ।
यसैगरी गत मे महिनामा कम्पनीले १ लाख २५ हजार गाडीहरुको सिटबेल्टमा समस्या आएका कारण र जुनमा १२ हजार साइबर ट्रकमा विण्डशील्डमा आएको समस्याका कारण फिर्ता बोलाएको समाचारमा उल्लेख छ।
प्रकाशित: १७ श्रावण २०८१, बिहीबार