
काठमाडौं ।
शाओमीको इलेक्ट्रिक भेहिकल डिभिजन ‘शाओमी ईभी’ ले भर्खरै आफ्नो कारखाना क्षमता र्याम्प–अप पूरा भएको घोषणा गरेको छ।
यसअघि कम्पनीले यो वर्ष १००,००० ईभी डेलिभरीको महत्वाकांक्षी लक्ष्य राखेको थियो। तर अब कारखाना स्तरवृद्धि पूरा भएपछि कम्पनीको उक्त लक्ष्य निर्धारित समय भन्दा झण्डै दुई महिना अगाडि अर्थात नोभेम्बरको शुरुआतमा नै पूरा हुने अपेक्षा गरिएको छ।
शाओमीको पहिलो ईभी मोडल ‘एसयू७’ को सफल लन्चपछि यो समाचार आएको जनाइएको छ। साथै एसयू७ ले यसअघि नै तीन महिनामा ३० हजारभन्दा बढी डेलिभरीहरू गरेको उल्लेख छ।
त्यसैगरी जुलाई महिनामा एसयू७ को अनुमानित डेलिभरी १०,००० इकाइहरू पार गर्ने अपेक्षाका साथ जुलाई कम्पनीको लागि अर्को रेकर्ड महिना बन्न लागेको उल्लेख गरिएको छ। यसबाहेक उक्त कारले अत्यधिक लोकप्रियताको आनन्द लिइरहेको जनाइएको छ।
यस बीचमा कम्पनीले डिसेम्बर महिनासम्ममा २२० सेल्स स्टोर, १ सय ३५ सर्भिस स्टोर र ५९ सहरहरुमा ५३ डेलिभरी सेन्टरहरूको लक्ष्यका साथ चीनभर आफ्नो बिक्री र सेवा सञ्जाल विस्तार गर्न कडा मेहनत गरिरहेको छ।
यो आक्रामक विस्तार शाओमीको ग्राहक संख्याको विस्तारका आधारमा यसको ईभीहरू पहुँचयोग्य बनाउन र द्रुत रूपमा बढिरहेको चिनियाँ ईभी बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिको एक हिस्सा भएको उल्लेख छ।
जुलाई महिनामा उत्पादन र्याम्प–अपले सञ्चालनमा निम्ताएको सानो विरामका कारणले कम्पनीको डेलिभरी लक्ष्यहरूलाई असर नगर्ने शाओमीका पीआर प्रबन्धक वाङ हुआले जनतालाई आश्वासन दिएको जनाइएको छ।
कम्पनी यस महिनामा १० हजारभन्दा बढी डेलिभरी गर्ने क्षमतामा विश्वस्त रहनुका साथै अझ बढी महत्वाकांक्षी वर्षान्त लक्ष्य पूरा गर्ने ट्रयाकमा रहेको एरिनाईभीले उल्लेख गरेको छ।
प्रकाशित: १७ श्रावण २०८१, बिहीबार