शाओमीको एआईले अब खानेकुरा पकाउने सामग्री हेरेरै रेसिपी बनाइदिने

Technology Khabar ८ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

शाओमीले केही समयदेखि आफ्नो एआई टूल शाओएआईमा काम गरिरहेकोमा अब यसले खानेकुरा पकाउने सामग्री हेरेरै खानेकुराको रेसिपी बनाइदिने भएको छ।

कम्पनीले गत २०२१ को अगस्टसम्ममा १ अर्बभन्दा बढी मासिक एक्टिभ युजर दर्ता गरेको थियो । अन्त्यमा कम्पनीले शाओएआईमा केही फिचरहरु थप गरेको हो। यी विभिन्न थप फिचरहरुमध्ये सामग्री हेरेर रेसिपी बनाउने पनि एक हो ।

हालै आएको शाओएआई भी६‍‍‍‍‍.१२६ ले यसबाहेक फोटोबाट अनावश्यक कुराहरु हटाउने लगायतका थुप्रै फिचरहरु बोकेको छ। कम्पनीले आधिकारिक रुपमा शाओएआईमा एआई फोटो एडिटि टूल समावेश गरेको जानकारी दिएको हो ।

यसमा ब्याकग्राउण्ड कन्भर्जन तथा अनावश्यक व्यक्ति हटाउने पासरबाई एलिमिनेशन लगायता जम्मा पाँच फिचर समावेश छन्।

यसमा समावेश इमेज ब्याकग्राउण्ड कन्भर्जन फिचरले प्रयोगकर्तालाई शाएआईमा पोटो अपलोड गरेर यसको ब्यकग्राउण्डमा रहेको कुराहरू परिवर्तन गर्न सघाउँछ।

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार