सन् २०२४ को अन्त्य सम्म ५ करोड डिभाइसमा एआई पुर्याउने ओप्पोको योजना

  • Technology Khabar | ३ श्रावण २०८१, बिहीबार
सन् २०२४ को अन्त्य सम्म ५ करोड डिभाइसमा एआई पुर्याउने ओप्पोको योजना

काठमाडौं ।

ओप्पोले सन् २०२४ को अन्त्य सम्ममा आफ्नो एआई क्षमताहरूलाई ५० मिलियन डिभाइसहरूमा पुर्याउने योजना बनाएको छ। कम्पनीको पछिल्लो एआई रोलआउट योजनाअनुसार भारतलाई सबैभन्दा महत्त्वपूर्ण बजारहरू मध्ये एक मानेको छ।

यस वर्ष आफ्ना प्रोडक्टहरूमा १०० भन्दा बढी एआई फिचर्स दिने

कम्पनीले यस वर्ष १०० भन्दा बढी एआई फिचर्स (सुविधाहरू) लन्च गर्ने र नयाँ प्रविधिद्वारा संचालित प्लेटफर्म शिफ्टमा अग्रणी बन्ने अपेक्षा गरेको छ। ओप्पोका प्रोडक्ट स्ट्राटेजीका प्रमुख पिटर डोह्युङले यसअघि नै आफ्ना डिभाइसहरूमा एआईको एकीकरणका लागि कम्पनीको रोडम्यापको बारेमा खुलासा गरिसकेका छन्।

प्रोडक्टहरूमा जेनेरेटिभ एआई सुविधाहरू पुश गर्नु रोडम्यापको प्रमुख चरणहरू मध्ये एक भएको उल्लेख छ। ओप्पोले निकट भविष्यमा सबै फोनहरूमा जेनएआई क्षमताहरू हुने आशा राखेको कम्पनीका एक अधिकारीले भनेका थिए। साथै उनले कम्पनीले सन् २०२४ सम्म ५० मिलियन डिभाइसहरूमा जेनेरेटिभ एआई सुविधाहरू रोल आउट गरेर आफ्नो एआई रणनीतिको साथ सुरु गर्ने लक्ष्य राखेको थप खुलासा गरेको रिपोर्टमा उल्लेख छ।

त्यसैगरी क्यामरा प्रणालीले यो नयाँ प्रविधिको एकीकरणबाट लाभ उठाउने रिपोर्टले उल्लेख गरेको छ। कम्पनीले इमेजिङ एक्सपिरियन्स वृद्धि गर्न एआईलाई इन्टिग्रेट गर्न जारी राख्ने छ। यद्यपि, यसको समावेशले क्यामरा प्रणालीलाई कसरी समृद्ध बनाउनेछ भन्ने बारेमा भने थाहा नभएको उल्लेख छ। यसबाहेक, त्यहाँ एक सारांश सुविधा पनि रहेको र जसले जेनेरेटिभ एआई प्रयोग गर्नेछ।

कडा डाटा गोपनीयता उपायहरुको साथमा एआई सुविधाहरू रोल आउट गरिने दाबी गरिएको छ।

कम्पनीले विगत केही वर्षदेखि आफ्ना डाटा सेन्टरहरू सुधार गर्न र एआई सुविधाहरूलाई शक्ति प्रदान गर्ने लार्ज ल्याङ्गवेज भाषा मोडेलहरू निर्माणमा ध्यान केन्द्रित गरिरहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ३ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...