ग्यालेक्सी ट्याब एस१० सिरीज अक्टोबरमा डेब्यू हुने

  • Technology Khabar | ३ श्रावण २०८१, बिहीबार
ग्यालेक्सी ट्याब एस१० सिरीज अक्टोबरमा डेब्यू हुने

काठमाडौं ।

बहु प्रतिक्षित ग्यालेक्सी ट्याब एस १० सिरीज अक्टोबरमा लन्च हुने म्याक्स जाम्बर नाम रहेको एक टेक ब्लगरले एक्समा खुलासा गरेका छन्।

अघिल्लो लेखमा म्याक्स जाम्बरले, ग्यालेक्सी ट्याब एस १० सिरीज अक्टोबरमा डेब्यू हुन सक्ने दाबी गरेका थिए। साथै उनले यो सामसङको अनप्याक्ड जुलाई इभेन्टको हिस्सा भने नहुने अपेक्षा गरेको जनाइएको छ।

म्याक्स जाम्बरको उक्त भविष्यवाणी सहि भएको र सोही अनुसार जुलाई इभेन्टले वाच ७, वाच अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी बड्स ३ सिरीज र थप कुराहरु ल्याएको थियो।

सामसङले अब अक्टोबरमा ग्यालेक्सी ट्याब एस१० प्लस र ट्याब एस१० अल्ट्रा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

साथै ट्याब एस१० मोडेलले मिडियाटेक डाइमेन्सिटी ९३००+ चिपसेट फिचर गर्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित: ३ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • ३ श्रावण २०८१, बिहीबार