कृषि विकास बैंक र एफवान सफ्टबीच इन्टरनेट बैंकिङका लागि सम्झौता

  • Technology Khabar | १७ असार २०७५, आईतवार
कृषि विकास बैंक र एफवान सफ्टबीच इन्टरनेट बैंकिङका लागि सम्झौता

काठमाडौं ।

काठमाडौं। कृषि विकास बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनल प्रा लि बीच इन्टरनेट बैंकिङ सेवाकालागि सम्झौता भएको छ।

सम्झौताअनुसार कृषि विकास बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवान सफ्ट प्रालिले उपलब्ध गराउनेछ।

बैंकको इन्टरनेट बैंकिङ सेवाबाट उपभोक्ताले आफ्नो खाताका बारेमा पूर्ण जानकारी लिन, रकम ट्रान्सफर गर्न, स्टेटमेन्ट हेर्नुका साथै बिभिन्न किसिमका बिलहरुको भुक्तानी गर्न सक्ने प्रेस बिज्ञप्तीमा उल्लेख छ।

यसैगरी उपभोक्ताले ब्यावसायिक प्रायोजनकालागि पनि इन्टरनेट बैंकिङमार्फत तलब ब्यबस्थापन र दुईवटा सहीमार्फत चल्ने खाताको ब्यबस्थापन गर्न सक्ने बताइएको छ।

बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत उपभोक्ताले अन्य ४५ वटा बैंकहरुसँग अन्तरबैंकिङ कारोबार गर्न सक्ने तथा इ-सेवा वालेटमा रकम पठाउन सक्नेछन्।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे।

प्रकाशित: १७ असार २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...