टेस्लाले गाडी किन्न चीनमा शून्य ब्याजमा ऋण दिने कार्यक्रम पाँच वर्षका लागि बिस्तार गर्यो

  • Technology Khabar | १८ असार २०८१, मंगलवार
टेस्लाले गाडी किन्न चीनमा शून्य ब्याजमा ऋण दिने कार्यक्रम पाँच वर्षका लागि बिस्तार गर्यो

काठमाडौं ।

इलेक्ट्रिक कार निर्माता टेस्लाले चीनमा कार खरिदका लागि शुन्य प्रतिशत ब्याजमा ऋण प्रोत्साहन विस्तार गरेको छ जुन सुबिधा जून ३१ मा समाप्त भएको थियो।

जुलाई ३१ मा वा सो भन्दा अगाडि मोडल ३ वा मोडल वाई किन्ने ग्राहकहरूले पाँच वर्षसम्मका लागि शून्य ब्याजमा ऋण प्राप्त गर्न सक्ने टेस्लाले सोमबार जुलाई १ तारिखमा चिनियाँ सामाजिक संजाल वेईबोमा घोषणा गरेको सीएनईभीपोस्टले रिपोर्ट गरेको छ।

अमेरिकी विद्युतीय सवारी (इभी) निर्माताले बिक्री बढाउन अप्रिलमा शुन्य ब्याज ऋण प्रस्ताव गर्न थालेको थियो, र यो प्रस्ताव जून ३० सम्ममा डेलिभरी प्राप्त गर्ने ग्राहकहरूका लागि मात्र उपलब्ध थियो।

टेस्लाका दुई पोस्टरहरू अनुसार, मोडल ३ र मोडेल वाई दुबैका लागि, ग्राहकहरूले लाभको फाइदा लिन ७९,९०० (११ हजार डलर) को न्यूनतम डाउन पेमेन्ट गर्नुपर्नेछ।

पाँच वर्षको शुन्य प्रतिशत ब्याज ऋण प्रस्तावको साथ, ग्राहकहरूले मोडल वाई खरिद गर्नको लागि प्रति दिन ९५ युआन र मोडेल ३ को लागि प्रति दिन ८५ युआन बराबर हुनेछ।

यस बाहेक टेस्लाले  मोडल ३ र मोडल वाईका लागि न्यून डाउन पेमेन्ट विकल्पहरू पनि प्रस्ताव गरिरहेको रिपोर्टमा उल्लेख छ।

टेस्लाको सांघाईमा एउटा कारखाना छ, जसले २०१९ को अन्त्यमा सञ्चालन सुरु गर्यो र जनवरी २०२० मा स्थानीय रूपमा उत्पादित मोडल ३ र जनवरी २०२१ मा स्थानीय रूपमा उत्पादित मोडल वाईको डेलिभरी सुरु गर्यो।

चीनमा मोडल ३ हाल तीनओटा भेरियन्टहरूमा र मोडल वाई पनि ३ भेरियन्टमा उपलब्ध छ।

प्रकाशित: १८ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...