अटो टेक

ह्वावेले टेस्ला एफएसडीको जस्तो आफ्नो सफ्टवेयरको मूल्य १७ प्रतिशतले घटायो

ह्वावेले टेस्ला एफएसडीको जस्तो आफ्नो सफ्टवेयरको मूल्य १७ प्रतिशतले घटायो
Global IME Bank

ह्वावेले आफ्नो टेस्ला एफएसडी (फूल सेल्फ ड्राइभिङ्ग) जस्ता प्याकेजको आधिकारिक बिक्री मूल्य लगभग १७ प्रतिशतले घटाएको छ, जसले यस क्षेत्रको मूल्य निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।

स्मार्ट ड्राइभिङ स्पेसमा चिनियाँ टेक दिग्गजलाई सबैभन्दा बलियो खेलाडीको रूपमा हेरिएको छ।

सीएनईभीपोस्टको रिपोर्टअनुसार,   ह्वावेको एडीएस (एडभान्स ड्राइभिङ्ग सिस्टम-Advanced Driving System) प्रिमियम फिचर प्याकेजको एक पटकको खरिदको मानक मूल्य जुलाई १ देखि डिसेम्बर ३१ सम्मको अवधिको लागि ३० हजार युआन (४,१३०) हो, जुन अघिल्लो ३६ हजार युआनबाट ६ हजार युआन वा १६.६७ प्रतिशतले कम रहेको ह्वावेले घोषणा गर्यो।

ह्वावेको इन्टेलिजेन्ट भेहिकल सोलुसन्स व्यवसाय इकाईको एक विज्ञप्ति अनुसार, सफ्टवेयरको मासिक वा वार्षिक सदस्यताहरू क्रमशः ७२० युआन वा ७,२०० युआनमा अपरिवर्तित छन्।

ह्वावे एडीएस टेस्ला एफएसडी जस्तै छ, जसले राजमार्ग र शहरी सडकहरूमा पोइन्ट-टु-पोइन्ट असिस्टेड ड्राइभिङ सक्षम पार्छ।

रिपोर्टअनुसार, नवीनतम एडीएस ३.० ह्वावेद्वारा अप्रिल २४ मा यसको इन्टेलिजेन्ट भेइकल सोलुसन्स लन्च कार्यक्रममा अनावरण गरिएको थियो।

चीनमा, सबै टेस्ला गाडीहरू निःशुल्क बेसिक अटोपायलट (बीएपी) सफ्टवेयरको साथ आउँछन्। टेस्लाले एन्हान्स्ड अटोपाइलट (ईएपी), एफएसडी सफ्टवेयरलाई विकल्पको रूपमा प्रस्ताव गर्दछ, जसमा ईएपीको मूल्य एफएसडीको आधा मूल्य भएको उल्लेख छ।

Sajilo Visa
easy care