
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड भीभोले नयाँ भेरिएन्टको भी नाइन (Vivo V9) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले भीभो भी नाइनको ६ जीबी र्याम भएको भेरिएन्ट ल्याएको हो । यसअघि कम्पनीले सार्वजनिक गरेको स्ट्याण्डर्ड भीभो भी नाइनमा ४ जीबी र्याम राखिएको थियो ।
नयाँ भेरिएन्टमा नयाँ प्रोसेसर स्न्यापड्रागन ६६० समेत प्रयोग गरिएको छ ।
फोनको क्यामरा फीचर केहि नयाँ छ, फोनमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअप छ भने १२ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ, जसमा ड्यूल पिक्सेल सेन्सर राखिएको छ । नयाँ फोन रेड र ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ ।
भीभो भी नाइन ६जीबी स्मार्टफोनको अन्य विशेषताहरु भने यसअघि सार्वजनिक भएको भीभो भी नाइनको जस्तै राखिएको छ ।
हाल यो डिभाइस इण्डोनेशियामा सार्वजनिक भएको छ, जसको मूल्य ३०० अमेरिकी डलर बराबर तोकिएको छ ।
प्री अर्डरका लागि उपलब्ध भएको यो डिभाइस जूलाई ४ तारिखदेखि उपलब्ध हुनेछ।
प्रकाशित: १५ असार २०७५, शुक्रबार