राष्ट्रियसभा बैठक : ‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’

Technology Khabar ९ असार २०८१, आईतवार

काठमाडौं ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले वृद्ध भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताएका छन्।

आज बसेको राष्ट्रिय सभाको विशेष समयमा सम्बोधन गर्दै उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन्।

सांसद जीतजङ्ग बस्नेतले वृद्धभत्ता लिनलाई नागरिकता भए पुग्नेमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेर झन्झटिलो प्रावधान बनाउँदा नागरिकलाई गाह्रो भइरहेको भन्दै यो व्यवस्था खारेज गर्न आग्रह गरे।

सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको बताईन्।

सांसद भुवनबहादुर सुनुवारले ज्येष्ठ नागरिक भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा तत्काल सुधार गरी सहजता बनाउनुपर्ने बताए्। रासस

प्रकाशित: ९ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया