सिटिजन्स बैंक र नर्भिक इन्टरनेसनल हस्पिटल बिच सहकार्य

  • Technology Khabar | १२ असार २०७५, मंगलवार
सिटिजन्स बैंक र नर्भिक इन्टरनेसनल हस्पिटल बिच सहकार्य

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नर्भिक इन्टरनेसनल हस्पिटल बिच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्ताक्षर गरे । सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलले ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: १२ असार २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार