चीनले सफलतापूर्वक परीक्षण गर्यो नयाँ रकेट इन्जिन, तीन इन्जिन एकैसाथ ‘फायर’

Technology Khabar ६ असार २०८१, बिहीबार

काठमाडौं ।

चीनले आफ्नो आगामी क्रुड लुनार मिसनहरुका लागि डिजाइन गरिएको नयाँ रकेट इन्जिनको सफलतापूर्वक परीक्षण गरेको छ। उक्त परीक्षणका दौरान एकैसाथ तीन ओटा वाईएफ–१००के इन्जिनहरू फायर गरिएको र जसले ३८२ मेट्रिक टनको कम्बाइन्ड थ्रस्ट उत्पन्न गरेको थियो।

चीनको नेक्स्ट जेनेरेशन स्पेसक्राफ्ट र लुनार ल्यान्डर रकेटद्वारा पावर्ड हुने बताईएको छ।

यो इन्जिनले, विशेष गरी चीनको नेक्स्ट जेनेरेशन स्पेसक्राफ्ट र लुनार ल्यान्डर बोक्नका लागि विकास भइरहेको नयाँ हेभी–लिफ्ट लन्च भेहिकल ‘लङ मार्च १०’ लाई पावर दिनेछ। लङ मार्च १० को उचाई ९२.५ मिटर अग्लो हुनेछ (लगभग ३२ तले भवनको बराबर) र २,१८९ मेट्रिक टनको लिफ्टअफ वेट वुस्ट गर्नेछ।

साथै २,६७८ टनको थ्रस्टको साथ, यसले चन्द्रमा तर्फ कम्तिमा २७ टन तौलको स्पेसक्राफ्ट (अन्तरिक्ष यान) प्रक्षेपण गर्न सक्षम हुनेछ।

आफ्नो पहिलो चालक दलसहितको चन्द्रमा अवतरणको लागि चीनको योजनामा वेनचाङ स्पेस लन्च सेन्टरबाट दुई ओटा लङ मार्च १० प्रक्षेपण गरिने योजना समावेश रहेको छ। पहिलो प्रक्षेपणले लुनार ल्यान्डिङ (चन्द्रमा अवतरण) मोड्युल बोक्नेछ भने दोस्रोले चालक दलको अन्तरिक्ष यान डेलिभरी गर्ने उल्लेख गरिएको छ।

लुनार अर्बिट (चन्द्रमाको कक्ष) मा दुईओटा भेहिकल्स डक भइसकेपश्चात, अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा तिनीहरूको अवतरणको लागि ल्यान्डिङ मोड्युलमा चढ्न अनुमति दिने जनाइएको छ। आफ्नो मिसन पूरा गरेपछि, अन्तरिक्ष यात्रीहरू ल्यान्डिङ मोड्युल मार्फत लुनार अर्बिटरमा फर्कनेछन् र अन्ततः पृथ्वीमा फर्किने गीज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया