काठमाडौं ।
मोटोरोलाले आफ्नो अर्को पुस्ताको फोल्डेबल फोनको लागि लन्च मिति खुलासा गरेको छ। मोटोरोलाले चीनमा जून २५ मा हुने एक कार्यक्रममा रेजर ५० र मोटोरोला एस ५० नियो सँगसँगै लन्च गर्ने भएको छ।
साथै लेनोभो चीनले यसअघि नै एस५० नियोको मुख्य स्पेक्स र डिजाइनको खुलासा गर्दै दुबै डिभाइसहरूलाई सूचीबद्ध गरेको छ। रिपोर्टअनुसार, रेजर ५० र रेजर ५० अल्ट्रा सँगसँगै जुलाईमा अन्तर्राष्ट्रियरूपमा लन्च हुने बताइएको उल्लेख छ।
मोटोरोला एस५० नियोमा कर्भ ओएलईडी डिस्प्ले, ५० मेगापिक्सेलको मेन क्यामरा (आईएमएक्स८८२) र ५,००० एमएएच ब्याट्रीको साथमा स्न्यापड्रागन ४ जेन ३ चिपसेट फिचर गरिने जनाइएको छ।
त्यसैगरी एस ५० नियो अन्तर्राष्ट्रिय रूपमा मोटो जी ८५ को रूपमा लन्च हुने अपेक्षा गरिएको छ।
रेजर ५० मा ६.९ इन्चको मुख्य ओएलईडी र ३.६ इन्चको कभर स्क्रिन, डाइमेन्सिटी ७३००एक्स चिपसेट र ३,९५० एमएएच ब्याट्री रहने अपेक्षा गरिएको छ।
रेजर ५० अल्ट्राले एफएचडी प्लस रिजोल्युसन र १२० हर्जसहितको ६.९ इन्चको मुख्य ओएलईडी स्क्रिनका साथै ४ इन्चको कभर स्क्रिन पाउने छ।
यो डिभाइस क्वालकमको स्न्यापड्रागन ८एस जेन ३ संग सुसज्जित हुनेछ भने दुईओटा ५० मेगापिक्सेलको क्यामराका साथै ६८ वाट वायर्ड चार्जिङसँग ४,००० एमएएच ब्याट्री फिचर हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २ असार २०८१, आईतवार