अनरको पहिलो फोल्डेबल फोन ‘म्याजिक भी फ्लिप’ चीनमा लन्च, सामसङलाई चुनौती दिने

  • Technology Khabar | २ असार २०८१, आईतवार

काठमाडौं ।

अनरले बिहीबार चीनमा ‘अनर म्याजिक भी फ्लिप’ नामक आफ्नो पहिलो क्ल्यामशेल फ्लिप फोन लन्च गरेको छ। अनरको उक्त फोल्डेबल फोन सामसङ ग्यालेक्सी जेड फ्लिप ५, ओप्पो फाइन्ड एन३ फ्लिप, भिभो एक्स फ्लिप आदि जस्तै भएको र बजारमा ती सबैसँगै प्रतिस्पर्धा गर्नेछ।

आफ्ना प्रतिस्पर्धीहरू जस्तै, म्याजिक भी फ्लिपमा पनि ठूलो सेकेन्डरी डिस्प्ले रहेको छ। यो डिस्प्ले उद्योगको नै सबैभन्दा ठूलो मानिएको र जसले एक अद्वितीय डुअल–स्क्रिन अनुभव प्रदान गर्ने जनाइएको छ।

इन्टरनेशनल डाटा कर्पोरेशन (आईडीसी) का अनुसार २०२४ को पहिलो त्रैमासिकमा अनर बजार सेयरको आधारमा चीनको सबैभन्दा ठूलो स्मार्टफोन प्लेयर थियो।

अनर म्याजिक भी फ्लिपको स्पेसिफिकेसन्स र फिचर्सहरू

अनर म्याजिक भी फ्लिपको ब्याक (पछाडिको) प्यानलमा ठूलो ४ इन्चको कभर डिस्प्ले रहेको छ। यसमा १२० हर्ज एलटीपीओ डिस्प्ले र २,५०० निट्स पिक ब्राइटनेस फिचर गरिएको छ। एक्सटर्नल (बाह्य) डिस्प्लेले अन्य फ्लिप फोनहरूको तुलनामा बुद्धिमानीरूपमा डुअल–स्क्रिन अनुभव प्रदान गर्ने जनाइएको छ। यो डुअल क्यामरा रिङ्गससँग पनि सम्भव रहेको र तिनीहरूको तलको क्षेत्र नोटिफिकेसन्स र समय देखाउन प्रयोग गरिनेछ।

त्यसैगरी, बाँकी भागमा म्याप्स, सामाजिक सञ्जाल, र फुड डेलिभरी सर्भिसेस् जस्ता सामान्य रूपमा प्रयोग हुने एपहरू चलाउनका लागि प्रयोग गर्न सकिन्छ। साथै कभर डिस्प्लेले भिडियोहरू पनि प्ले गर्न सक्ने थप उल्लेख गरिएको छ।

म्याजिक भी फ्लिप ब्रान्डको आफ्नै लुबान हिन्जका साथ सुसज्जित रहेको छ, जुन अति टिकाउ, बलियो र भरपर्दो रहेको अनरले दाबी गरेको छ। साथै यसले फाईभ स्टार एसजीएस प्रमाणपत्र पनि प्राप्त गरेको उल्लेख छ।

फोल्डेबल फोनको स्लिम प्रोफाइल रहेको छ जुन फोल्ड गर्दा १४.८९ एमएम हुन्छ भने त्यसलाई विस्तार गर्दा ७.१५ एमएमको हुनेछ। साथै यसमा पावर बटनमा इम्बेड गरिएको साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि रहेको छ।

अनर म्याजिक भी फ्लिपको भित्री स्क्रिन ६.८ इन्चको छ र यसमा १.५ के रिजोल्युसन रहेको छ। यसले स्मूथ भिजुअलका लागि १२० हर्ज रिफ्रेस रेट र आउटडोर भिजीबिलिटीको लागि ३,००० निट्स पीक ब्राइटनेस प्रदान गर्दछ। स्क्रिनमा नेचुरल आई प्रोटेक्सन (प्राकृतिक आँखा सुरक्षा) र स्लीप-एडिङ डिस्प्ले फिचर रहेको छ। साथै यो डिभाइस डुअल स्टेरियो स्पिकरहरूसँग आउने उल्लेख छ।

इमेजिङ फ्रन्टमा, अनर म्याजिक भी फ्लिपको डुअल क्यामरा सेटअपमा ओआईएस सपोर्टको साथ ५० मेगापिक्सेलको सोनी आईएमएक्स ९०६ मुख्य सेन्सर र १२ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल लेन्स समावेश छ। साथै फोल्डेबल फोनमा ५० मेगापिक्सेलको फ्रन्ट फेसिङ सेल्फी स्न्यापर पनि रहेको छ।

यसबाहेक, न्याचुरल (प्राकृतिक) ब्याकग्राउन्ड ब्लर, होभर सेल्फी, डुअल स्क्रिन प्रिभ्यू र फोरके टाइमल्याप्स जस्ता विभिन्न फिचरहरू पनि रहेको छ।

यस अन्तर्गत, अनर म्याजिक भी फ्लिप स्न्यापड्रागन ८ प्ले जेन १ प्रोसेसरले सुसज्जित रहेको  र सो चिपसेट १२ जीबी र्याम र १ टीबी सम्मको स्टोरेज (भण्डारण) संग जोडिएको छ। त्यसैगरी यो फोल्डेबल फोनमा अनरको स्व–विकसित सी१ प्लस आरएफ इन्हान्समेन्ट चिप पनि रहेको छ।

फ्लिप–शैलीको यो फोल्डेबल फोनमा ४,८०० एमएएच ब्याट्री एकाइ रहेको र उक्त ब्याट्रीले ६६ वाट फास्ट (द्रुत) चार्जिङ समर्थन गर्नेछ। यसमा हिट डिसिपेसनको लागि अल्ट्राथन लिक्विड कुलिङ प्रणाली फिचर गरिएको छ। सफ्टवेयर तर्फ, एन्ड्रोइड १४ मा आधारित म्याजिकओएस ८ मा रन हुने उल्लेख गरिएको छ।

अनर म्याजिक भी फ्लिप क्यामेलिया ह्वाइट, स्याम्पेन पिंक र आइरिस ब्ल्याक रङ्गहरुमा उपलब्ध रहेको छ। क्ल्यामशेल फोल्डेबल फोनको बेस (आधार) ८जीबी + २५६जीबी भेरियन्टको मूल्य ४,९९९ चिनियाँ युआन (६८९ अमेरिकी डलर) मा सुरु हुन्छ। साथै १२जीबी+५१२जीबी र १२जीबी + १ टीबी कन्फिगरेसनको मूल्य ५,४९९ चिनियाँ युआन (७५८ अमेरिकी डलर) र ५,९९९ चिनियाँ युआन (८२७ अमेरिकी डलर) छ।

यसबाहेक, अन्तर्राष्ट्रिय फेशन आइकन जिमी चो द्वारा डिजाइन गरिएको सीमित संस्करण १६जीबी+१ टीबी विकल्प पनि उपलब्ध भएको जनाइएको छ। यसको मूल्य ट्याग भने ६,९९९ चिनियाँ युआन (९६५ अमेरिकी डलर) को रहेको गीज्मोचाइनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: २ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया