भूमिज कलेक्सनको शाखा कुपण्डोलमा

  • Technology Khabar | १० असार २०७५, आईतवार
भूमिज कलेक्सनको शाखा कुपण्डोलमा

काठमाडौं ।

काठमाडौं । भूमिज कलेक्सन एण्ड बुटीकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । काठमाडौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तिब्र बजारीकरण गरिरहेको भूमिजले ललितपुरको कुपण्डोलमा शाखा बिस्तार गरेको हो ।

शनिबार एक कार्यक्रमका बिच नायिका सञ्चिता लुईटेलले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरिन् । शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने बताईएको छ ।

फेशन डिजाईनिङ पेशामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुत्त रुपमा नयाँ सडकमा ३ वर्ष पहिले बुटीक सञ्चालनमा ल्याएका थिए । ३ वर्षको अवधिमा आफ्ना उत्पादनले स्वदेश तथा विदेशमा बेग्लै पहिचान बनाएको भन्दै त्यो सफलतालाई अझै बिस्तार गर्न शाखा बिस्तार गरिएको सञ्चालकको भनाई छ ।

समय अनुसार चलनचल्तीको फेशनमा नौलो प्रयोग गरिएका उत्पादनहरु सुपथ मूल्यमा सहज तरिकाले उपलब्ध गराएका कारण बजार बिस्तार सहज बनेको कलेक्सनकी सञ्चालक ममता गुप्ताको भनाई छ ।

भूमिजको फेसबुक पेज, युट्युब च्यानल तथा आफ्नै वेबसाइट भूमिजअनलाइन डटकमबाट सिधै डिजाइन छनौट गरी खरिद गरिने उत्पादन सिधै स्वदेश तथा विदेशमा रहेका ग्राहकले कुरियरमार्फत पाउने दाबी गरिएको छ ।

प्रकाशित: १० असार २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार