सेञ्चुरी कमर्सियल बैंकद्वारा जनजागृति माविलाई कम्प्युटर हस्तान्तरण

  • Technology Khabar | ८ असार २०७५, शुक्रबार
सेञ्चुरी कमर्सियल बैंकद्वारा जनजागृति माविलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं ।

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोल स्थित जनजागृति माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेको छ।

सो कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गरे।

कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय ब्यवस्थापन समितीका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका तथा बैंकका बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ।

प्रकाशित: ८ असार २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार