माइक्रोसफ्ट लन्चर बिटाले प्राप्त गर्यो कोपाइलट फङ्गसनालिटी

  • Technology Khabar | २१ जेष्ठ २०८१, सोमबार
माइक्रोसफ्ट लन्चर बिटाले प्राप्त गर्यो कोपाइलट फङ्गसनालिटी

काठमाडौं ।

माइक्रोसफ्टले एआईलाई आधुनिक अपरेटिङ सिस्टमको प्रमुख भागको रूपमा अँगालेको छ र नयाँ सर्फेस ल्यापटप जस्ता विन्डोज डिभाइसहरूका लागि कोपाइलट प्लस पीसी प्रोग्राम लन्च गरेको छ।

साथै कम्पनीले स्मार्टफोनको लागि भनेर माइक्रोसफ्ट लन्चरको आगामी संस्करणको साथ एन्ड्रोइडको होमस्क्रिनमा कोपाइलट ल्याउने तरिका फेला पारेको छ।

हाल यो बिटामा रहेको हुनाले यसलाई अहिले नै प्रयोग गरेर हेर्न चाहनेले बिटा प्रोग्राममा सामेल हुनुपर्ने छ। यद्यपि यसको परीक्षण पूरा भइसेकपछि स्टेबल भर्सन (स्थिर संस्करण) मा प्राप्त गर्न सकिने उल्लेख गरिएको छ।

सर्च विजेटमा बिङ/कोपाइलट बटन प्रयोग गरेर एआई सँग च्याट सुरु गर्न सकिने जनाइएको छ। साथै बीटाको नवीनतम संस्करणले कोपाइलटलाई फिड (सबैभन्दा बायाँको होमस्क्रिन पेन) मा इन्टिग्रेट (एकीकृत) गरेको र जहाँ हाल ग्लान्स लगायत न्युज ट्याबहरू रहेको छ।

चेन्जलगमा उल्लेख गएिका बुँदाहरु यस प्रकार रहेका छन्ः

इफोर्टलेस एक्सेसः कोपाइलट अब केवल एक स्वाइप पर छ, तपाईंलाई जवाफ र कन्टेन्ट क्रियसन (सामग्री सिर्जना) गर्न मद्दत गर्न तयार छ।

क्रिएटिभ पावरः सरल शब्दहरू प्रयोग गरेर तपाईंको मोबाइल फिडबाट सिधारुपमा तस्बिहरू र टेक्स्ट जेनेरेट गर्न सकिने।

प्रो परफर्मेन्सः कोपाइलट प्रो प्रयोगकर्ताहरूका लागि, थप रेसपोनसिभ र स्विफ्ट इन्टरएक्सन (अन्तरक्रिया) को आनन्द लिन सकिने।

कोपाइलट प्रयोग गर्दा प्रश्नहरू टाइप गर्न सकिने वा भ्वाइस इनपुट प्रयोग गर्न सकिने जनाइएको छ। साथै आफ्नो ग्यालरीबाट तस्बिर खोलेर त्यसको बारेमा प्रश्नहरू सोध्न सकिने थप उल्लेख गरिएको छ।

यद्यपि, कोपाइलटले के गर्न सक्छ भन्नेमा धेरै सीमित रहेको र यसलाई अलार्म सेट गर्न वा फोनको वाईफाई बन्द गर्न भन्दा यसले त्यसो गर्न नसकेको उल्लेख गरिएको छ।

कोपाइलटले भविष्यमा प्लगइनहरू मार्फत थप फङ्गसनालिटि प्राप्त गर्ने जनाइएको छ। हाल सर्च (पूर्वनिर्धारित रूपमा सक्षम गरिएको), इन्स्टाकार्ट (व्यञ्जनहरू र खाना योजनाहरूको बारेमा सोध्न सकिने) र कायाक (उडान, बसाइ र भाडाको कार खोजी गर्न सकिने) मात्र उपलब्ध रहेका छन्।

साथै यदि एन्ड्रोइडमा कोपाइलट लोकप्रिय भएको खण्डमा थप कम्पनीहरूले यसको लागि प्लगइनहरू निर्माण गर्ने संभावना रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ जेष्ठ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार