आईफोन १६ प्रोले दुई नयाँ क्यामरा प्राप्त गर्ने, प्रो म्याक्समा सुधारिएको अल्ट्रावाइड हुने

  • Technology Khabar | १० जेष्ठ २०८१, बिहीबार
आईफोन १६ प्रोले दुई नयाँ क्यामरा प्राप्त गर्ने, प्रो म्याक्समा सुधारिएको अल्ट्रावाइड हुने

काठमाडौं ।

वेइबोमा एक टिपस्टरले आईफोन १६ प्रो र प्रो म्याक्सले पर्याप्त क्यामरा अपग्रेड प्राप्त गर्ने एक रिपोर्टले उल्लेख गरेको छ। आईफोन १६ प्रो ले राम्रो क्षमता भएको नयाँ ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा प्राप्त गर्ने अपेक्षा गरिएको छ भने आईफोन १६ प्रो म्याक्सले १५ प्रो म्याक्सको ५ एक्स टेट्राप्रिज्म टेलिफोटो मोड्युल पनि पाउने भएको छ।

साथै हालका यी विवरणले १६ प्रो मा ५ एक्स जुम क्यामरा हुने भन्ने विश्लेषक मिंग–सी कुओको अघिल्लो अनुमानहरूलाई पुष्टि गरेको छ। साथै ४८ मेगापिक्सेलको अल्ट्रावाइड हुने चर्चा गत वर्ष अक्टोबरमा नै देखा परेको उल्लेख छ।

यद्यपि १६ प्रो म्याक्सले जूम अपग्रेड प्राप्त नगर्ने वेइबो पोष्टले स्पष्ट गरेसँगै यस वर्ष दुई प्रोहरूसँग मिल्दो टेलिफोटो क्यामरा हुने जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: १० जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...