स्याटेलाइट टू फोन सेवाको लागि एटी एण्ड टी र एएसटी स्पेस मोबाइल बिच सम्झौता

  • Technology Khabar | ५ जेष्ठ २०८१, शनिबार
स्याटेलाइट टू फोन सेवाको लागि एटी एण्ड टी र एएसटी स्पेस मोबाइल बिच सम्झौता

काठमाडौं ।

एटी एण्ड टी ले स्याटेलाइट २ फोन सेवाहरू लन्चको लागि एएसटी स्पेस मोबाइलसँग सम्झौता पुष्टि गरेको छ।

स्याटेलाइट २ फोन प्रणाली विकासकर्ता एएसटी स्पेस मोबाइलले मोबाइल फोन सेवामा स्याटेलाइट ब्रोडब्यान्डको सुरुवातमा २०२३ सम्म एटी एण्ड टीसँग काम गर्ने निश्चित सम्झौता भएको बताएको छ।

कम्पनीले भनेअनुसार, यसले एटी एण्ड टीसँग २०१८ देखि काम गरिरहेको छ, अमेरिकी क्यारियरले भोडाफोनको साथमा जनवरीमा भएको फण्डिङ्गमा भाग लिइरहेको छ।

हालसम्म, एएसटी र एटीएण्डटीले सेवाहरू प्रदान गर्ने सम्बन्धमा एउटा समझदारी पत्रमा मात्र हस्ताक्षर गरेका थिए।

नयाँ सम्झौतासँगै एटी एण्ड टीलाई स्पेसएक्सको स्याटेलाइट सेवा स्टारलिंकको ब्रोडब्याण्ड सेवासँग प्रतिस्पर्धा गर्न सहज हुनेछ।

प्रकाशित: ५ जेष्ठ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार