Technology Khabar १ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
सरकारले डाटा सेन्टरको निर्माण र सञ्चालन सम्बन्धि मापदण्ड तयार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा डाटा सेन्टरको निर्माण र सञ्चालन सम्बन्धि मापदण्ड तयार गर्ने बताएका हुन्।
‘सूचना प्रविधि राष्ट्रिय ज्ञान पार्क स्थापनको कार्य अघि बढाइने छ,’ पौडेलले भने, ‘सार्वजनिक निकायले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको मापदण्ड निर्धारण गरी सुरक्षित र भरपर्दो बनाइनेछ।’
विद्युतीय प्रणालीहरु बीच अन्तरआवद्धता कायम गर्न इन्टरनेट र डाटा एक्सचेञ्ज प्लेटफर्म निर्माण गरिने पनि पौडेलले बताए।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार