
काठमाडौं ।
सरकारले व्यक्तिगत डाटा सुरक्षा सम्बन्धित कानुन बनाउने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रममा विद्युतीय सुशासन र व्यक्तिगत डाटा सुरक्षा सम्बन्धित कानुन तर्जमा गरिने बताएका हुन्।
यस्तै उनले विद्युतीय सुशासन ब्लूप्रिन्ट तथा रणनीति तर्जमा गरी व्यवसायको कार्य प्रक्रिया पुनसंरचना गरिने पनि बताए।
प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार