आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा मनाईने घोषणा

  • Technology Khabar | १ जेष्ठ २०८१, मंगलवार
आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा मनाईने घोषणा

काठमाडौं ।

सरकारले स्थानीय तहसम्म तिब्रगतिको ब्रोडब्याण्ड सेवालाई गुणस्तरीय सर्वसुलभ बनाईने भएको छ। यसका साथै दूर्गम र बिकट क्षेत्रमा सेवा दिन स्याटेलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रयोग गर्ने भएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आफ्नै स्याटेलाइट स्थापना गर्ने कार्य अगाडि बढाउने बताए।

उनले सूचना प्रविधिलाई डिजिटल रुपान्तरणको आधारको रुपमा लिई सामाजिक, आर्थिक रुपान्तरण एवं समृद्धि हासिल गर्न आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा मनाईने भएको छ।

सूचना प्रविधि उद्योगलाई रोजगारी प्रबर्द्धन गर्ने भएको छ।

यसका साथै सरकारले देशलाईलाई ग्लोबल प्रविधि हबको रुपमा तयार पारिने घोषणा गरिएको छ।

सरकारले आगामी आवमा काठमाडौं र प्रत्येक प्रदेशमा वर्क स्टेशन स्थापना गरी ५ हजार रोजगार तयार पार्ने घोषणा गरेको छ।

प्रकाशित: १ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार