भुक्तानी सेवा प्रदायक इ-नेट पेमेन्टको लाइसेन्स खारेज

  • Technology Khabar | ३१ बैशाख २०८१, सोमबार
भुक्तानी सेवा प्रदायक इ-नेट पेमेन्टको लाइसेन्स खारेज

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक इ-नेट पेमेन्टको लाइसेन्स खारेज गरेको छ। राष्ट्र बैंकले इ-नेट पेमेन्टको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको हो।

राष्ट्र बैंकले वैशाख ३१ गते सूचना जारी गर्दै इ-नेट पेमेन्टको भुक्तानी उपकरणको सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरेको जानकारी दिएको हो।

इ-नेट पेमेन्टले बैंकको निर्देशनको परिपालना गरेको देखिएकोले भुक्तानी तथा फस्र्यौट एने, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्था बमोजिम संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको राष्ट्र बैंकले जानकारी दिएको छ। साथै संस्थाको अनुमतिपत्र सूचना प्रकाशित भएको ३१ औं दिनदेखि लागु हुने गरी खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन/दायित्व बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३० दिन भित्रमा सम्बन्धित संस्थामा सम्पर्क गर्नु राष्ट्र बैंकले जानकारी गराएको छ।

प्रकाशित: ३१ बैशाख २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...