न्यूरालिंकले भन्यो- ‘मानिसको दिमागमा राखिएको चिपमा समस्या देखियो’

  • Technology Khabar | २८ बैशाख २०८१, शुक्रबार

काठमाडौं ।

इलन मस्कको स्टार्टअप न्यूरालिंकको एक बिरामीमा राखिएको ब्रेन चिप खराब भएको छ। न्यूरालिंकले बुधबार पहिलो पटक मानव बिरामीको मस्तिष्कमा राखिएको चिपको भाग खराब भएको बताएको हो।

न्यूरालिंकले एक ब्रेन–कम्प्युटर इन्टरफ्रेस वा बीसीआई बनाएको छ। जसले अन्ततः पक्षाघात भएका बिरामीहरूलाई उनीहरूको दिमाग मात्र प्रयोग गरेर बाह्य प्रविधि नियन्त्रण गर्न मद्दत गर्न सक्छ।

कम्पनीको सिस्टम जसलाई लिंक भनिन्छ। कम्पनीको वेबसाइट अनुसार, ६४ ‘थ्रेड्स’ मा १०२४ इलेक्ट्रोका प्रयोग गरेर न्यूरल सिग्नल रेकर्ड गर्छ। जनु मानव कपाल भन्दा पातलो छ।

जनवरीमा, न्यूरालिंकले यसको सुरक्षा परीक्षण गर्न अध्ययनको एक भागको रूपमा नोल्याण्ड अर्बाग नामक २९ वर्षीय बिरामीमा डिभाइस प्रत्यारोपण गरेको थियो। कम्पनीले मार्चमा बीसीआई प्रयोग गरेका अर्बागसँग लाइभ भिडियो स्ट्रिम गरेको थियो। न्यूरालिंकले अप्रिलमा ब्लग पोष्ट गर्दै शल्याक्रिया सफल भएको बताएको थियो।

तर त्यसपछिका हप्ताहरूमा, अर्बागको दिमागबाट धेरै थ्रेड्स फिर्ता भएका छन्, न्यूरालिंकले बुधबार एक ब्लग पोष्टमा भनेको सीएनबीसीले उल्लेख गरेको छ। यसको मतलब यो थियो कि त्यहाँ कम प्रभावकारी इलेक्ट्रोड थिए, जसले लिंकको गति र सटिकता मापन गर्ने कम्पनीको क्षमतालाई रोकेको थियो।

न्यूरालिंकले टिूस्युबाट कति थ्रेड्स निकालिएको खुलासा गरेको छैन।

एक समाधानको रूपमा, न्यूरालिंकले रेकर्डिङ एल्गोरिदम परिमार्जन गरेको छ, प्रयोगकर्ता इन्टरफेस बढाएको छ र कर्सर मूभमेन्ट सिग्नल अनुवाद गर्ने प्रविधिहरू सुधार गर्न काम गरेको ब्लग पोष्टमा भनिएको छ।
न्यूरालिंकले इम्प्लान्ट हटाउने विचार गरेको थियो। तर समस्याले अर्बगको सुरक्षामा प्रत्यक्ष जोखिम खडा नगरेको द वाल स्ट्रीट जर्नलले रिपोर्ट गरेको छ। रिपोर्ट अनुसार जर्नलले कम्पनीलाई मुद्दाको बारेमा सोधेपछि न्यूरालिंकले आफ्नो ब्लग पोस्ट शेयर गरेको बताइएको छ।

यद्यपि अर्बागको ब्रेन टिस्यूबाट केही थ्रेड्स निक्लिएको छ। तर न्यूरालिंकले भने उनले कम्पनीको बीसीआई सिस्टम हप्ताको दिनमा लगभग आठ घण्टाको लागि प्रयोग गरिरहेको छ, र प्रायः सप्ताहन्तमा दिनको १० घण्टासम्म प्रयोग गरिरहेको बताएका छ।

अर्बागले भने कि लिंक ‘लक्जरी ओभरलोड’ जस्तै हो र यसले उसलाई ‘संसारसँग पुनः जडान गर्न’ मद्दत गरेको छ, ब्लग पोस्टमा भनिएको छ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

  • Technology Khabar
  • २८ बैशाख २०८१, शुक्रबार