आइपी टिभी सेवा प्रदायक कम्पनी ‍क्यारो टिभी नेपाल संचालनमा

  • Technology Khabar | २६ बैशाख २०८१, बुधबार
आइपी टिभी सेवा प्रदायक कम्पनी ‍क्यारो टिभी नेपाल संचालनमा

काठमाडौं ।

आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले सर्वाधिक आइपी टिभी च्यानल सेवाको सुचारु गरेको छ। जसमा २०० भन्दा धेरै लाइभ एचडी र एसडी च्यानल रहेका छन्।

यसमा खेलकुद ,समाचार , सूचनात्मक लगायत मनोरन्जनात्मक च्यानल  समावेश गरिएको छ। युटूब सपोर्ट गर्ने स्मार्ट सेटटप बक्सका साथमा उत्कृष्ट भिडियो सामाग्रीसंगैको सुबिधा क्यारो टिभी मार्फत संचालन गरिएको हो ।

कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय  भिडियो फोरके पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन । ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टिभी सेवा संचालन गरिसकेको कम्पनीले बताएको छ।

कम्पनीको सेवा  काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा विर्तामोडसम्म, पश्चिममा नेपालगंज सम्म,  पोखरा देखि बीरगंज लगायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ।

आइपी टिभी जगतमा नै क्यारो टिभी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि रहेको छ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टिभी अफरमा १२ महिना बोनस, २४ महिनाको आइपी टिभीसँगसंगै फ्रि स्मार्ट सेट टप बक्स र फ्रि फाइभजी डुअल ब्यान्ड राउटरको साथै २०० एमबीपीएसको पनि  पाउने जनाएको छ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार