अनलाइन सट्टावाजीमा संलग्न १३ जना भारतीय नागरिक पक्राउ

  • Technology Khabar | २६ बैशाख २०८१, बुधबार

काठमाडौं ।

रूपन्देहीमा रहेर अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिकहरूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेर पक्राउ परेका १३ जना भारतीय नागरिक र उनीहरूले अनलाइन सट्टेबाजीमा प्रयोग गरेको सामग्रीहरु प्रहरीले सार्वजनिक गरेको छ।

बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान, राउटर ४ थान लगायत अन्य विद्युतिय उपकरणहरूसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत, राजस्थान झुनझुन, चिडवा पंचायतका २५ वर्षीय मुकेश कुमार, ३३ वर्षीय रबिन्द्र सिंह, उत्तर प्रदेश गोरखपुर अस्करगंज पंचायतका २६ वर्षीय ओसिम खान, पश्चिमबंगाल राज्य, हुगली जिल्ला कोलकता सिटीका २७ वर्षीय समिम खान, राजस्थान राज्य, सिक्करस्थित लक्ष्मणगढ पंचायतका २५ वर्षीय जुगल किशोर, राजस्थानकै सिक्कर, खण्डेला पंचायतका २७ वर्षीय महेन्द्र चौधरी, सोही स्थानकै ३० वर्षीय सिसराम चौधरी, राजस्थानकै जयपुर जिल्ला अर्मडा पंचायत ३० वर्षीय रोहित तास, राजस्थानकै हनुमानगढ जिल्ला, रामपुर पंचायतका २१ वर्षीय भिमसेन चौधरी, राजस्थानकै झुनझुनु जिल्ला, नवलगढ पंचायतका २३ वर्षीय मनोज कुमार, राजस्थानकै झुनझुनु, जयपुर पंचायतका २६ वर्षीय अनिल चौधरी, राजस्थानकै सिक्कर, श्रीमाधवपुर पंचायतका २४ प्रदीप वर्षीय चौधरी, राजस्थान झुनझुनु, जयपुर पचायतका २४ वर्षीय प्रविनकुमार चौधरी छन्।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया