सानिमा बैंकका ग्राहकहरुले डिजिटल भुक्तानी गर्दा वन्डर्स नेपालमा छुट

  • Technology Khabar | २६ बैशाख २०८१, बुधबार

काठमाडौं ।

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न वन्डर्स नेपाल प्रालिमा छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्था अन्तर्गत सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा स्काईवाक टावरको टिकटमा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त समझदारी पत्रमा वन्डर्स नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र प्रसाद श्रेष्ठ तथा सानिमा बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ्ग श्री बिक्रम श्रेष्ठले हस्ताक्षर गरे।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार

तपाइको प्रतिक्रिया