एक्सपेङको एरोएचटी फ्लाइङ्ग कार चिनियाँ आकाशमा छिट्टै देखिने

  • Technology Khabar | २१ बैशाख २०८१, शुक्रबार
एक्सपेङको एरोएचटी फ्लाइङ्ग कार चिनियाँ आकाशमा छिट्टै देखिने

काठमाडौं ।

चिनियाँ ईभी जायन्ट एक्सपेङ र यसको भगिनी कम्पनी एरोएचटी फ्लाइङ्ग कार इन्डिस्ट्रमा आफ्नो महत्वाकांक्षी प्रवेशको साथ शहरी यातायातलाई रूपान्तरण गर्नका लागि तयार भएको छ। अर्बन एयर टेक्नोलोजीमा एक प्रमुख प्रगतिको चिन्ह लगाउँदै एरोएचटी आफ्नो इनोभेटिभ फ्लाइङ्ग कारको लागि वायुयोग्यता प्रमाणीकरण प्राप्त गर्ने चरणमा पुगेको छ।

एक्सपेङको एक सहायक कम्पनी एरोएचटीले एक दशक देखि आफ्नो फ्लाइङ्ग (उड्ने) कार विकास गरिरहेको छ। साथै यसले हालै मात्र लो–अल्टिट्युड फ्लाइट टेस्ट ( कम उचाईको उडान परीक्षणहरु) सफलता पूर्वक गुआन्झाउको व्यस्त केन्द्रीय व्यापार जिल्लामा गरेको छ।

कम्पनीका सीईओ हि जियाओपेङले ‘अटो चाइना २०२४’ मा आफ्नो सम्बोधनमा लो–अल्टिट्युड एयर ट्राभलको परिवर्तनकारी सम्भावनालाई जोड दिँदै दैनिक शहरी जीवनमा यसको गहिरो प्रभावको बारेमा बताए।

आगामी एरोएचटी फ्लाइङ्ग कार यस वर्षको चौथो क्वाटरमा प्री–अर्डरहरू लन्च गर्ने तयारी छ। साथै डुअल–मोड इलेक्ट्रिक भर्टिकल टेक–अफ र ल्यान्डिङ (ईभीटीओएल) वाचा गरेको यस भेहिकल जमिन र हवाई यात्रा बीच निर्बाध रूपान्तरण गर्न सक्षम हुन्छ। यस फ्लाइङ्ग कार लगभग १ मिलियन युआन (१३८,००० अमेरिकी डलर) अनुमानित मूल्य दायरा हुन सक्ने सुझाव दिईएको उल्लेख छ।

प्रकाशित: २१ बैशाख २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार