Technology Khabar १३ बैशाख २०८१, बिहीबार
काठमाडौं ।
एप्पलको एनुअल वर्ल्ड डेभलपर कन्फ्रेन्स–‘डब्ल्यूडब्ल्यूडीसी’ (वार्षिक विश्वव्यापी विकासकर्ता सम्मेलन) आउन अब करिब डेढ महिना बाँकी रहेको छ। उक्त इभेन्टको केन्द्रमा यस वर्ष आईओएस १८ व्यापक रूपमा हुने अपेक्षा गरिएको छ। साथै आगामी सफ्टवेयर भर्सन (संस्करण) एआई फिचर्सको साथ आउने धेरै लीक र र्यूमरहरूले भनेका छन्।
कुपर्टिनो बेस्ड टेक जायन्ट जेन एआई स्पेसमा आफ्ना प्रतिस्पर्धीहरू भन्दा पछाडि परेको हुनाले यस्तो हुन लागेको जनाइएको छ।
यसै क्रममा, एप्पलले आईफोनहरूमा अन–डिभाइस जेन एआई फिचर्स पावर गर्नका लागि आफ्नै एलएलएममा काम गरिरहेको ब्लूमबर्गका मार्क गुरम्यानले बताएका छन।
एआई फिचरहरू डिभाइसमा पूर्णरूपमा स्थानीय रूपमा चल्नु नै लार्ज ल्याङ्गवेज मोडल (एलएलएम) को मुख्य फाइदा हो। त्यसैले गर्दा अब उनीहरूले कार्यहरू पूरा गर्नका लागि क्लाउड सेवाहरूमा निर्भर रहनु नपर्ने उल्लेख गरिएको छ। यस्तै, डाटा पनि डिभाइसमा नै रहने छ।
आईफोनहरूलाई शक्ति दिने समर्पित एनपीयू सहितको प्रोसेसर एलएलएम चलाउन सक्षम हुने उल्लेख गरिएको छ। यस कारणले गर्दा अन–डिभाइस जेन एआई फिचरहरूले क्लाउडमा आधारित समाधानहरूको तुलनामा फास्टर रेस्पोन्स टाईम र परिष्कृत गोपनीयता प्रदान गर्ने जनाइएको छ। साथै फिचर्सले लो (कम) नेटवर्क वा नेटवर्क नै बिना पनि काम गर्न सक्ने छ।
यसअघि, एप्पलले एजाक्स कोडनाम भएको आफ्नै लार्ज ल्याङ्गवेज मोडलमा काम गरिरहेको अफवाह चलिरहेको छ। साथै उक्त एआई फिचरहरू हेल्थ (स्वास्थ्य), मेसेजेज (सन्देशहरू) र सर्टकटहरूका साथै थप अन्य एपहरूसँग गहिरोरूपमा एकीकृत हुने अपेक्षा गरिएको छ।
यसबाहेक एप्पलको इन–हाउस एलएलएम मोडल क्लाउड आधारित एलएलएम जस्तै च्याटजीपीटी र जेमिनीहरूमा सीमित हुन सक्ने विगतका रिपोर्टहरूको दावीलाई गुरमानले फेरी दोहोर्याएका छन।
यसका लागि टेक जायन्टले तेस्रो पक्षीय प्रविधिलाई लाइसेन्स दिन सक्ने सम्भावना समेत रहेको छ। एप्पलले आईफोनहरूमा गुगलको जेमिनी एआईलाई लाइसेन्स दिन गुगलसँग वार्ता गरिरहेको विश्लेषकले यसअघि नै बताएको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।
प्रकाशित: १३ बैशाख २०८१, बिहीबार