जेएमईको मोबाइल एपमार्फत जापानबाट पैसा पठाउन सकिने

  • Technology Khabar | ६ बैशाख २०८१, बिहीबार
जेएमईको मोबाइल एपमार्फत जापानबाट पैसा पठाउन सकिने

काठमाडौं ।

जापानस्थित जापान मनी एक्सप्रेस कम्पनी लिमिटेड (जेएमई) र मनिग्राम इन्टरनेश्नल (आइएनसी)बीच विश्वका विभिन्न देशमा रहेका समुदाय, परिवार तथा व्यक्तिहरुलाई अन्तरदेशीय विप्रेषण सञ्जालमा जोड्ने गरी साझेदारी सम्झौता भएको छ।

सम्झौताअनुसार जापान मनी एक्सप्रेसले आफ्नो पहुँच बिस्तार गरी ग्राहक सदस्यलाई जापानबाट विश्वका विभिन्न देशमा पैसा पठाउन सहजता प्रदान गरेको जेएईका अध्यक्ष ओम गुरुङले बताए।

जापान मनी एक्सप्रेसले आफ्ना ग्राहक सदस्यलाई जेएमई मोबाइल एप रजिष्ट्रर गरी सोबाटै आफैँले पैसा पठाउन सकिने व्यवस्था मिलाएको छ।

आफूले पठाउने पैसा भुक्तानी गर्नका लागि लसोन कार्डको व्यवस्थालगायत ग्राहक सन्तुष्टिका लागि मोबाइल एपमार्फत विभिन्न किसिमको डिजिटल सेवासहित आफ्नो स्तरवृद्धि गर्दै गएको छ।

अब जेएमई मोबाइल एप रजिष्ट्रर गरी सो एपबाट आफूले चाहेको जुनसुकै देशमा जुनसुकै समयमा पैसा पठाउन सकिने छ। ग्राहकहरुले सेवा शुल्कबिनै पैसा पठाउन सकिने, प्वाइन्टस् प्रयोग गरी सेवा शुल्क घटाउन सकिने विशेषताहरु थप गरेको जनाएको छ।

प्रकाशित: ६ बैशाख २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...