मारुती सुजुकीको इलेक्ट्रिक कार आउन अझै एक वर्ष लाग्ने

Technology Khabar १ बैशाख २०८१, शनिबार

काठमाडौं ।

विश्वका अधिकांश ठूलो अटोमोबाइल कम्पनी इलेक्ट्रिक सवारीमा प्रवेश गरिसकेका छन्। विश्व बजारमा ईभीको माग बढ्दो क्रममा रहेकाले अटोमाबाइल कम्पनीहरुलाई ईभीमा स्वीच हुन प्रेरित गरिरहेको छ। इद्यपि ईभी अपनाउने सन्दर्भमा मारुती सुजुकी प्रतिस्पर्धी कम्पनीभन्दा पछाडि देखिन्छ।

दक्षिण एशियाली बजारमा सर्वाधिक कार बिक्री गर्ने मारुती सुजुकीले हालसम्म इलेक्ट्रिक कार ल्याएको छैन। मारुती सुजुकीले २०२३ अटो एक्स्पोमा ईभीएक्स इलेक्ट्रिक कार सार्वजनिक गरेको थियो। सोसँगै मारुती सुजुकीको ईभी छिट्टै बजारमा उपलब्ध हुने अपेक्षा गरिएको थियो।

ड्राइभस्पार्कका अनुसार मारुती सुजुकीको इलेक्ट्रिक कार किन्न अझै केही समय पर्खिनु पर्नेछ। रिपोर्ट अनुसार मारुती सुजुकी ईभीएक्स इलेक्ट्रिक कार बजारमा आउन अझै एक वर्ष लाग्न सक्छ।

उत्पादनमा ढिलाई

मारुती सुजुकी ईभीएक्स इलेक्ट्रिक कारको उत्पादन २०२४ को सेक्टेम्बरदेखि हुने अपेक्षा गरिएको छ। तर मारुती सुजुकीले यस कारको उत्पादन फेब्रुअरी २०२५ देखि सुरु गर्ने योजना बनाइरहेको छ। जसका कारण मारुती सुजुकी ईभीएक्सको लन्चिङमा ढिलाई हुँदैछ।

मारुती सुजुकी ईभीएक्सको विशेषता

मारुती सुजुकी ईभीएक्स इलेक्ट्रिक कार भारतीय सडकमा कयौं पटक परीक्षण गरिएको छ। उक्त परीक्षणका दौरान देखिएको तस्वीरका माध्यमबाट कारको केही फिचर्स पत्ता लागेको छ।

मारुती ईभीएक्समा ठूलो इन्टेरियर, नयाँ २ स्पोक मल्टिफक्सन स्टेयरिङ ह्वील दिइएको छ। यसका साथै कारमा ड्राइभ मोडका लागि रोटरी डायल, एक नयाँ फ्रिस्ट्यान्डिङ टच स्क्रीन इन्फोटेनमेन्ट यूनिट, इन्टेरियर क्रोम डोरका लागि ह्यान्डल र अटो डिमिङ आईआरभीएमको सुविधा छ।

यसमा प्रोजेक्टर हेडल्याम्प, नयाँ फ्रन्ट र रियर बम्पर, नयाँ अलो ह्वील, शार्क फिन एन्टिना र एलईडी टेल लाइट्स पनि देख्न सकिन्छ। मारुती सुजुकी ईभीएक्स कारको सम्पूर्ण प्राविधिक विशेषता खुलाइएको छैन।

रिपोर्ट अनुसार यो मोडल ६० किलोवाट ब्याट्री प्याकका साथ आउनेछ। जुन एक पटक फुल चार्जमा ५५० किलोमिटर रेञ्ज प्रदान गर्न सक्षम हुने विश्वास गरिएको छ।

नयाँ मारुती सुजुकी ईभीएक्सलाई टू ह्वील ड्राइभ र अल ह्वील ड्राइभ सिस्टमा पेश गरिने सम्भावना छ।

 

प्रकाशित: १ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया