Technology Khabar ३० चैत्र २०८०, शुक्रबार
काठमाडौं ।
अमेरिका र रुसबीचको वर्चस्वको लागि चलिरहेको लडाई फेब्रुअरी महिनामा चर्चामा आएको थियो, जब दुवै देश अन्तरिक्षमा आमनेसामने भएका थिए। मिडिया रिपोर्टमा अमेरिका र रुसका दुई भूउपग्रह एकअर्कासँग ठोक्किने सम्भावना रहेको बताइएको थियो।
‘कस्मस २२२१’ नामक रुसी अन्तरिक्ष यान अन्तरिक्षमा १० मिटरको दुरीबाट गुज्रदै गर्दा अमेरिकी भूउपग्रहको नजिक पुगेको अहिले खुलासा भएको छ। यो खतरनाक अवस्था हो। यदि दुईओटा स्याटेलाइट यति नजिक आए र कुनै गल्ती भएको भए त्यसको गम्भीर परिणाम हुनसक्ने विज्ञहरुको दाबी छ। यसले पृथ्वीमा जीवनलाई खतरामा पार्न सक्ने थियो।
मिडिया रिपोर्टका अनुसार नासाका उपप्रशासक र पूर्व अन्तरिक्ष यात्री कर्नेल पाम मेलरोयले सो घटनामा आफ्नो राय दिएका छन्। अमेरिकाको कोलोराडोमा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यक्तिगत रुपमा र नासाका लागि यो हामी सबैका लागि निकै स्तब्ध भएको बताए। उनले भने, ‘हाम्रो टाइम्ड स्याटेलाइट रुसको निष्क्रिय जासुसी भूउपग्रहसँग ठोक्किनबाट जोगिएको छ।’
यदि दुईवटा भूउपग्रह आपसमा ठोक्किएमा १० हजार माइल प्रतिघण्टाको गतिमा भग्नावशेषका साना टुक्राले पृथ्वीमा मानव जीवनलाई खतरामा पार्न सक्ने उनले बताए। उनले अन्तरिक्षमा रहेका साना वस्तुबाट हुने हानिको बारेमा पनि बताए।
विगत केही वर्षहरूमा अन्तरिक्ष फोहोर लगातार बढेको छ। विश्वभरका अन्तरिक्ष एजेन्सीहरूले आफ्ना भूउपग्रहहरू अन्तरिक्षमा पठाइरहेका छन्, जुन निश्चित समयपछि निष्क्रिय भएर फोहोरको रूपमा तैरिरहन्छन्। यदि हामीले यसलाई तथ्याङ्कमा बुझ्ने हो भने, फेब्रुअरी ४, २०२२ सम्मको तथ्याङ्कले रुसका ७ हजारभन्दा बढी रकेट र स्याटेलाइटका अंश फोहोरको रूपमा अन्तरिक्षमा घुमिरहेको देखाउँछ।
सूचीमा अमेरिका दोस्रो नम्बरमा छ। अमेरिकाले ५,२१६ टुक्रा स्पेस जंकको साथ अन्तरिक्षमा भग्नावशेष थप्दैछ। सूचीमा अमेरिकापछि चीन छ। तेस्रो नम्बरमा रहेको चीनले ३ हजार ८ सय ४५ टुक्रा अन्तरिक्षमा छोडेको छ, जुन भविष्यको अन्तरिक्ष अभियानका लागि चुनौती बन्न सक्छ।
जापान र फ्रान्स क्रमशः चौथो र पाँचौं स्थानमा छन् । यिनिहरुले ५२० र ११७ ओटा टुक्राहरुका साथ स्पेस जंकमा थपिरहेका छन्।
प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार