अब स्वास्थ्य बीमा सुविधा नागरिक एपमा रहेको परिचयपत्र देखाएर प्राप्त गर्न सकिने

  • Technology Khabar | २८ चैत्र २०८०, बुधबार
अब स्वास्थ्य बीमा सुविधा नागरिक एपमा रहेको परिचयपत्र देखाएर प्राप्त गर्न सकिने

काठमाडौं ।

अब स्वास्थ्य बीमाको सुविधा लिन स्वास्थ्य बीमा परिचयपत्र बोकेर हिड्नु नपर्ने भएको छ। नागरिक एपमा स्वास्थ्य बीमा लिंक गरेकाले नागरिक एप मार्फत देखाएको स्वास्थ्य बीमा परिचयपत्रबाट सेवा उपयोग गर्न पाउने छन्।

नागरिक एपले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस सेवा देशव्यापीरुपमा कार्यान्वयनमा आएको जानकारी दिएको छ।

‘आदरणिय सेवाग्राही महानुभावहरु, नागरिक एपमा आफ्नो स्वास्थ्य बीमा लिंक गर्नु भएको छ भने अब देखी स्वास्थ्य संस्थाहरूमा नागरिकएप मार्फत देखाइएकोको स्वास्थ्य बीमा परिचयपत्रबाट समेत सेवा उपलब्ध हुने व्यवस्था देशव्यापी रूपमा कार्यान्वयनमा आएको ब्यहोरा जानकारी गराउँदछौ,’ नागरिक एपले सामाजिक सञ्जालमा यस्तो लेखेको छ।

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • २८ चैत्र २०८०, बुधबार