एप्पलले विद्युतीय कार र डिस्प्ले प्रोजेक्ट बन्द भएपछि ६०० भन्दा बढी कर्मचारी हटायो

  • Technology Khabar | २४ चैत्र २०८०, शनिबार
एप्पलले विद्युतीय कार र डिस्प्ले प्रोजेक्ट बन्द भएपछि ६०० भन्दा बढी कर्मचारी हटायो

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पलबाट हालै ६०० भन्दा बढी मानिसहरूले आफ्नो जागिर गुमाएको क्यालिफोर्नियाको इम्प्लोयमेन्ट डेभलपमेन्ट डिपार्टमेन्ट–ईडीडी (रोजगार विकास विभाग) ले पछिल्लो डब्ल्यूएआरएन रिपोर्ट पोस्ट गरेको छ।

हटाइएका अधिकांश व्यक्तिहरूले सान्टा क्लारामा रहेको एप्पलको कार्यालयमा काम गरेको र ३७१ जना कम्पनीको अन्य स्थानबाट आएका थिए जुन मुख्य रूपमा कम्पनीको अहिले बन्द भएको इलेक्ट्रिक भेहिकल प्रोजेक्ट (विद्युतीय वाहन परियोजना) सँग सम्बन्धित थिए।

क्यालिफोर्नियाको कानून अन्तर्गत, कम्पनीहरूले वर्कर एडजस्टमेन्ट एण्ड रिट्रेनिङ नोटिफिकेसन ( डब्ल्यूएआरएन) कार्यक्रम अन्तर्गत लेअफबाट प्रभावित प्रत्येक स्थानको लागि ईडीडीसँग रिपोर्ट फाइल गर्न आवश्यक छ।

सान्टा क्लारामा रहेको एप्पलको एउटा मुख्य कार अनुसन्धान अफिस सहित आठ स्थानहरू कटौतीको शिकार भएका छन्। ती मध्ये एउटाले यसको इन–हाउस माइक्रोएलईडी डिस्प्ले प्रोजेक्टमा काम गरेको थियो जुन कथित रूपमा लागत र प्राविधिक कठिनाइहरूको कारण मार्चमा खारेज गरिएको थियो।

कम्पनीले आईफोन, म्याक र स्मार्टवाचहरूको लागि आफ्नै स्क्रिनहरू उत्पादन गर्ने आशा गरिरहेको थियो। तर अब उक्त कार्य हुनालाई समय लाग्ने भएको उल्लेख गरिएको छ।

एप्पलले विद्युतीय सवारी साधन विकास गर्ने निर्णय नगरेसम्म भने कम्पनीको मौलिक कार महत्वाकांक्षा भनेको पेडल र स्टेयरिङ ह्वील बिनाको पूर्ण स्वायत्त सवारी साधन निर्माण गर्ने रहेको थियो।

एप्पलले आन्तरिक रूपमा “प्रोजेक्ट टाइटन” भनिने पहललाई अर्बौं डलर र एक दशकको लगानी पछि रद्द गरेको ब्लूमबर्गको अघिल्लो रिपोर्टले उल्लेख गरेको छ। साथै गाडीको विकास गरिरहेका कर्मचारीहरूका साथै आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) र होम रोबोटिक्समा काम गरिरहेका टोलीहरूलाई एप्पलका अन्य डिभिजनहरूमा स्थानान्तरण गर्ने मौका दिइएको उल्लेख गरिएको छ।

एप्पलले घरेलु प्रयोगका लागि व्यक्तिगत रोबोटिक्स विकास गर्ने प्रारम्भिक चरणमा रहेको विश्वास गरिएको छ। हाल काम भईरहेको मेसिनमध्ये एउटा रोबोटले वरपरका मानिसहरूलाई पछ्याउने जनाइएको छ भने अर्को एउटा टेबल–टप उपकरण रहेको छ जसले डिस्प्लेलाई वरिपरि सार्नको लागि रोबोट प्रयोग गर्ने ब्लूमबर्गले रिपोर्टमा भनेको छ।

व्यक्तिगत रोबोटिक्समा भईरहेको कम्पनीको काम राजस्वको नयाँ स्रोतहरू फेला पार्नको लागि गरिएको प्रयासहरूको एक हिस्सा भएको र जसमा भिजन प्रो पनि समावेश रहेको इनग्याजेटले उल्लेख गरेको छ।

प्रकाशित: २४ चैत्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार